Total Pageviews

Thursday, April 11, 2013

सन्दिप बने बर्ष खेलाडी

sandip
काठमाडौ, चैत्र २९ - एनसेल प्लेयर अफ दि एयरको उपाधि राष्ट्रिय फुटबल खेलाडी सन्दिप राईले आज हात पारेका छन् ।
अखिल नेपाल फुटबल सङ्घ (एन्फा)द्वारा यहाँ आयोजित एक कार्यक्रममा राईले यस वर्षको उत्कृष्ट खेलाडी घोषित हुँदै कार हात पारेको जानकारी दिइयो ।
उनले रु एक लाख ११ हजार ३१७ भोट प्राप्त गरेका थिए । प्रशिक्षकबाट ९१२ र मिडियाबाट ४३९ भोटका साथ उनले यो उपाधि हात पारेको हो ।
यस्तै यो उपाधिको लागि राष्ट्रिय फुटबल टिमका खेलाडी भरत खवास र अनिल गुरुङ मनोनीत भएका थिए । उनीहरू क्रमशः दोस्रा र तेस्रा भए ।
गत फागुन २८ देखि चैत २७ गतेसम्म एनसेलले खुल्ला, फुटबल प्रशिक्षक र मिडिया हाउसको लागि एसएमएस भोटिङ खुल्ला गरेको थियो ।
कार्यक्रममा अखिल नेपाल फुटबल सङ्घ(एन्फा) का अध्यक्ष गणेश थापाले यस किसिमको सम्मानले फुटबल खेल आमजनमानसमा अझ लोकप्रिय बन्ने विश्वास व्यक्त गर्दै व्यावसायिक खेलाडीले खेलेर पनि बाँच्न सकून् भन्ने उद्देश्यले यो उपाधि प्रदान गरिएको बताए ।
उनले आगामी दिनमा महिला फुटबल खेलाडीहरूका लागि पनि यस किसिमको पुरस्कारको व्यवस्था गर्ने प्रतिबद्वता व्यक्त गरे ।
एनसेलका मिडिया डाइरेक्टर सञ्जु कोइरालाले फुटबल लोकप्रिय खेल भएको हुनाले यसको विकास र विस्तारका लागि एनसेलले सहयोग गरेको बताए ।
यस्तै उपाधि विजेता राईले आज आफ्नो व्यक्तिगत जीवन र खेल जीवनको सबैभन्दा खुसीको दिन रहेको बताए । 

No comments:

Post a Comment