Total Pageviews

Monday, April 15, 2013

भ्रष्टाचार आरोपमा ८७ विरुद्ध मुद्दा

काठमाडौ, वैशाख २ - धनुषा जिविसको २५ वटा आयोजनामा भ्रष्टाचार गरी रकम हिनामिना गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ले तत्कालिन स्थानीय विकास अधिकारी लक्ष्मीनारायण महतोसहित ८७ जनाविरुद्ध मुद्दा दायर गरेको छ ।
उनीहरुले एक करोड १३ लाख ९८ हजार तीनसय ४३ रुपैयाा सरकारी रकम हिनामिना गरेको अख्तियारको ठहर छ । अख्तियारले उनीहरुलाई कानुनअनुसारको कैद तथा बिगो जरिवानाको मागसहित मुद्दा दर्ता गरेको हो ।
corruption अख्तियारले जिविसका इन्जिनियर विनोदकुमार ठाकुर, देवेन्द्र अधिकारी, ज्ञानेन्द्रकुमार देव, विन्देश्वर वनरइत,  जिल्ला विकास समितिको कार्यालय धनुषाका लेखा अधिकृत मदनमोहन लाल कर्ण, लेखापाल जीवनाथ चौधरी समेत १६ जना कर्मचारीहरुसहित आयोजनाका पदाधिकारीविरुद्ध बिशेष अदालतमा मुद्दा दायर गरेको हो ।
धनुषा जिविसले आव ०६८। ६९ मा संचालित सडक निर्माण, सडक मर्मत तथा अन्य पूर्वाधार निर्माण सम्बन्धी योजनाहरुमा निकासा भएको रकम जिल्ला विकास समितिको कार्यालय धनुषाका कर्मचारीको मिलेमतोमा हिनामिना एवम् अनियमितता गरी भ्रष्टाचार गरेको भनी परेको उजूरीका आधारमा अख्तियारले छानबिन अघि बढाएको थियो ।
विभिन्न योजनाहरुमा निर्धारित गुणस्तरभन्दा कम गुणस्तरको काम गरे/गराएको, निर्धारित शर्त र मापदण्डविपरीत योजनाहरु संचालन गरेको, निर्माण कार्य नै नगराई झूटा बिल भरपाई तयार गरी भुक्तानी लिने/दिने गरेको पाइएको अख्तियारका प्रवक्ता कृष्णप्रसाद ढुंगानाले जानकारी  दिए ।

No comments:

Post a Comment