१५ वैशाख, काठमाण्डौं । दोहा विमानस्थलमा
१० लाख अमेरिकी डलर (झन्डै ८ करोड ८७ लाख रुपैयाँ) चिट्ठा पर्ने नेपाली
डिल्लीराम पराजुलीको खोजी हुन थालेको छ । ‘ड्युटी फ्री’ को उक्त भाग्यशाली
चिट्ठाले पराजुलीलाई बिहीबार करोडपति बनाएपछि स्थानीयबीच ठूलो चर्चा छ ।
डिल्लीरामको नेपालको पूरा ठेगाना पत्ता लागेको छैन भने उनी चिट्ठा दाबी
गर्न अहिलेसम्म आएका छैनन् ।
कतार एयरवेज तथा कतार ड्युटी फ्री सपका
प्रमुख कार्यकारी अधिकृत अकवर अलबाकरले बिक्री भएका पाँच हजार चिट्ठाबाट
एउठा रसिद निकाल्दा उनको भाग्य चम्किएको हो । सार्वजनिक रुपमा गरिएको
कार्यक्रममा १९२२ नम्बरको चिट्ठा निकाल्दै प्रमुख कार्यकारी अधिकृत
अलबाकरले पारजुलीलाई बधाई दिएका थिए । अहिले कतारका विभिन्न संघसंस्थाले
पराजुलीको खोजी गरिरहेको कान्तिपुर दैनिकमा खबर छ ।
No comments:
Post a Comment