बैशाख २ - भारतको राजधानी नयाँ दिल्लीमा सार्वजनिक बसमा फेरी पनि बलात्कार भएको छ ।
बसमा एउटी बालिकालाई गत शनिवार बलात्कार गरेको आरोपमा प्रहरीले बस चालक ४२ वर्षिय राकेश कौशललाई नियन्त्रणमा लिएको छ ।
खेल्ने क्रममा रोकी राखेको बसमा चढेकी १० वर्षीया बालिकालाई ती चालकले बलात्कार गरेको प्रयास गरेका थिए ।
बालिकाले घटनाको बारेमा परिवारका सदस्यलाई बताएपछि उनीहरुकै उजुरीको आधारमा बस चालक पक्राउ परेका हुन् ।
गतवर्ष दिल्लीमा बसमा नै एउटी युवतीमाथि सामुहिक बलात्कार भएको थियो । बलात्कृत युवतीको उपचारका क्रममा निधन भएको थियो भने
बलात्कारको आरोपमा पक्राउ परेका एक जनाले जेलमा नै आत्महत्या गरेका थिए ।
No comments:
Post a Comment