कुनैपनि पुरुषमा पुरुषत्व कति छ ? अर्थात्
यौन क्षमता कति छ भन्ने कुरा महिलाले सुँघेरै थाहा पाउने एक अध्ययनले
देखाएको छ । अध्ययन अनुसार आफ्नो प्रजनन चक्रको चरम सिमामा रहेका
महिलाहरुले सेक्स हर्मोनका कारण पुरुषका सरीरबाट आउने विशेष गन्ध सुँघेर
पत्ता लगाउँछन् र टेष्टेस्टेरोन हर्मोन बढि भएका पुरुषप्रति बढि आकषिर्त
हुन्छन् ।
अध्ययनका क्रममा पुरुषमा टेष्टेस्टेरोन र कोर्टिसोल हर्मोनको मात्राको आधारमा महिलाले मन पराउने गन्धको परीक्षण गरिएको थियो ।
अध्ययनका क्रममा केही पुरुषहरुलाई दुइ
रातसम्म एउटै टिसर्ट लगाउन दिइएको थियो र उनीहरुलाई सरीरमा कुनैपनि सेन्ट
छर्किन नदिइ धूमपान, मध्यपानका साथै लुसन, प्याज, खुर्सानी तथा अरु
बासनायुक्त खाना खान समेत दिइएन । त्यसपछि ती पुरुषहरुको सरीरबाट उनीहरुले
लगाएका टिसर्ट फुकाली महिलाहरुलाई सुँघ्न दिइयो र कुन टिसर्टको गन्ध मन
पर्यो ? परेन ? भनेर सोधियो साथै उनीहरु रजस्वला चक्रको कुन अवस्थामा छन्
भन्ने कुरा पनि सोधियो । शोधकर्ताहरुले टिसर्ट लगाउने पुरुषहरुको र्यालको
नमूना लिएर हर्मोनको मात्रा समेत चेकजाँच गरे ।
नतिजाले के देखायो भने आफ्नो रजस्वला
चक्रको पिक मा रहेका महिलाहरुले बढि हर्मोनयुक्त पुरुषले लगाएको टिसर्टको
गन्ध मन पराए र त्यो टिसर्टको गन्ध मनलाग्दो, सेक्सी भएको जवाफ दिए ।

No comments:
Post a Comment