निर्मल घिमिरे, बर्दिया, वैशाख १०- एकीकृत
माओवादीका अध्यक्ष पुष्पकमल दाहलले गुलरियामा सम्बोधन गर्ने आम सभा
बिथोल्नका लागि तयारी अवस्थामा राखिएको हतियार, खरखजना, प्रहरीले बरामद
गरेको छ। हतियारसँगै चार जना पक्राउ परेका छन्।
कालिका गाबिसको बोकटिया पहाडी टोल बाट चार जनासहित हतियार खरखजाना पक्राउ
गरेको प्रहरीले जनाएको छ। प्रहरीले एक थान पेस्तोल, गोली २ राउन्ड बाल्टिन
बम (५ केजी) सोडा ३ केजी, गन्धक आधा केजी र चक्कु एक थान ८ वटा पार्टीको
संयुत्त मोर्चा गठन गरेका कागजात पनि प्रहरीले बरामद गरेपछि आमसभा बिथोल्न
थालेको खुलेको हो।
उक्त आसभा एमाओवादीको सुदूरपश्चिम व्यूरोले आयोजनमा गरेको थियो। व्यूरोले आयोजना गरेको कार्यक्रममा एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल, उपाध्यक्ष बाबुराम भट्टराईले लगायतका शीर्ष नेताले आमसभा सम्बोधन गरेका छन्। नेकपा-माओवादी (क्रान्तिकारी)सहित ८ वटा पार्टीको गठन गरी आम सभ बिथोल्न तयारी गरिरहेको गोप्य सूचनको आधारमा हतियार र खरखजानासहित पक्राउ गरिएकाले कुनै अप्रिय घटना नघटेको प्रहरी उपरीक्षक सुरेश विक्रम शाहले बताए।
उनका अनुसार गोप्य सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय, बर्दिया इलाका प्रहरी कार्यालय मैनापोखर र बाँकेका इलाका प्रहरी कार्यालय कोहलपुरको संयुक्त टोलीले हातहतियार, खरखजना र चार जना अभियुक्त पक्राउ गरेको हो।

No comments:
Post a Comment