१३ बैशाख,काठमाडौं ।
भष्ट्राचारको आरोपमा जेल जिबन बिताईरहेका नेपाली काँग्रेसका प्रभावशाली
नेता खुमबहादुर खड्काले आममाफी पाउने भएका छन् । नेपाली कांग्रेसले पहल
गणतन्त्र दिवसको दिन जेठ १५ गते आममाफी दिने तयारी भईरहेको स्रोतले जनाएको
छ ।काँग्रेस संगठनभित्र कार्यकर्ताहरुको र गत चैत्र २६ देखि २९ गतेसम्म त्रिवेणीमा सम्पन्न भएको महासमिति बैठकमा समेत नेता खड्कालाई आममाफी दिलाउनुपर्ने चर्को अवाज उठेपछि खड्कालाई राहत पाउन लागेको हुन् । गत ०६९ भाद्र ६ गते भ्रष्टाचारको आरोपमा जेल परेका खड्का अख्तियारको कारागार सजाय जोडिए आगामी असारको अन्तिममा थुनामुक्त हुने नत्र भदौमा पुग्ने छ ।हाल उच्चस्तरीय राजनैतिक संयन्त्रको अध्यक्षमा काँग्रेस सभापति सुशील कोइराला रहनु भएकाले अन्य तीन दलहरुसँग सहमति कायम गरी आममाफी दिने तयारी गरेको बुझिएको छ । नेता खड्काको आममाफीप्रति वरिष्ठ नेता शेरबहादुर देउवा र उपसभापति रामचन्द्र पौडेल सकारात्मक रहेको काँग्रेस श्रोतको दाबी छ । नेता खड्का आममाफीमा परे आगामी निर्वाचनमा भाग लिन पाउने र काँग्रेसलाई ठूलो राहत मिल्ने छ ।
तथापी नेता खड्काले आगामी निर्वाचनमा आफूले भाग नलिई समानुपातिक कोटामा बस्ने र बाँके, बर्दिया, कपिलवस्तु, दाङ्ग, सर्लाही, नवलपरासी, चितवन र महोत्तरीको रेखदेख गरी काँग्रेसलाई विजय गराउन लागिपर्ने बताइएको छ ।
हाल ठूलो संख्यामा नेता एवं कार्यकर्ताहरु नेता खड्कालाई भेट्न डिल्लीबजार कारागारमा गएर आगामी निर्वाचनको बारेमा चासो राख्ने गरेको समाचार श्रोतले बताउदै आएको छ । त्यसैले काँग्रेस नेतृत्वले काँग्रेसलाई थप ऊर्जाशील बनाउन जसरी पनि आममाफी दिलाउनुपर्ने आवाज उठ्न थालेको छ ।
No comments:
Post a Comment