५ बैशाख, काठमाडौं ।न्योतिषीहरुले यसवर्षको असारमा अनिष्ट हुने भविष्यवाणी गरेका छन । बैशाख जेठ असारमा चतुग्र्रही तथा पञ्चग्रही योग भएकाले अनिष्टकारी खप्परयोग परेको र यसले नसोचेको दुखद दुर्घटना ब्यहोर्नुपर्ने ज्योतिषीहरुले बताएका छन ।
असारमा अनिष्ट देखिएपनि मंसिर पुस र माघमा भने सुधारात्मक लक्षणहरु देखिने ज्योतिषीहरुको भनाइ छ । नेपाल पञ्चांग निर्णायक समितिका अध्यक्ष तथा प्रा राष्ट्रिय धर्म सभा नेपालका अध्यक्ष डा माधव भट्टराईका अनुसार संविधानसभाको योग समेत मंसिरमा हुने प्रवल संभावन योगले देखाएको छ । बेमौसमी वर्षाले कष्ट र धनसम्वन्धी सुखको कमी हुने तथा खाद्यान्न उत्पादन घटी बजार भाउ बढ्ने ज्योतिष शास्त्रीअनुसार योग रेहेको छ ।
असारपछि शासकवर्गको धर्मप्रति रुची बढ्ने, चतुर्थ भावमा उच्च चन्द्र र गुरुको योगले पशु ब्यवसाय, बैदेशिक ब्यापार र पर्यटन उद्योग फस्टाउने पञ्चांग निर्णायक समितिका अध्यक्ष भट्टराईले बताउनुभयो ।
No comments:
Post a Comment