काठमाडौं, वैशाख १ (नागरिक)- क्यासिनोका संचालकहरुले गैरकानूनी रुपमा
नेपाली नागरिकहरुलाई प्रवेश गराई जुवा खेलाउने गरेको भन्ने सूचना प्राप्त
भएपछि महानगरीय प्रहरी प्रभाग दरवारमार्गबाट खटिएको प्रहरी टालीले बिहान ३
बजे होटल अन्ना र रोयल क्यासिनोमा एकसाथ छापा मारेको छ। प्रहरीले छापा
मार्दा जुवा खेलिसरहेका ११ जना नेपाली नागरिकहरुलाई रंगेहात पक्राउ परेका
छन्।
प्रहरीले अन्ना क्यासिनोबाट क्वाइन र नगद सहित ६ जना तथा क्यासिनो रोयलबाट क्वाइन र नगद सहित ५ जना नेपाली नागरिकलाई पक्राउ गरेको हो। प्रहरीले उनीहरुको साथबाट क्यासिनो अन्ना लेखिएको १० हजार दरको ३ थान, १ हजार दरको १० थान क्वाइन, क्यासिनो अन्ना लेखिएको सिक्का १८ थान, क्यासिनो भेनस लेखिएको १ हजार दरको १ थान क्वाइन र नगद १ लाख ४७ हजार ५ सय रुपैया समेत बरामद गरेको छ।

No comments:
Post a Comment