दयालु बाउ : आफु नांगिएर छोराको उपचार
आफ्ना सन्तानको माया कति हुन्छ भन्ने कुरा
त बाउआमालाई मात्रै थाहा हुन्छ । यहीँ कुराको उदाहरण चीनका एक पिताले पनि
पेश गरेका छन् । आफ्ना छोराको उपचारका लागि रकम जुटाउन चीनका एक पुरुष
नांगिएका छन् ।

समाचार अनुसार चीनको एक स्कुलका
चित्रकलाका विद्यार्थी सामु ती पुरुष नांगिएका हुन् र उनको नांगो चित्र ती
विद्यार्थीले रङले कोरेका थिए ।
आफ्ना छोरा गम्भीर रोगले थलिएपछि त्यसको
उपचार गर्न आफुसँग पैसा नभएको हुँदा ४७ वर्षका जाहो चेनगेयोंग निर्वस्त्र
बन्न तयार भए । बोनम्यारोमा रोग लागेपछि छोराकेा उपचार गर्न २० लाख रुपैयाँ
भन्दा बढि रकम चाहिने भयो । बिचरा किसानी गर्ने जाहोसँग त्यतिधेरै पैसा
थिएन । जसका कारण उनी कलाकारका अगाडि आफुलाई निर्वस्त्र बनाउन तयार भए र
त्यसबापत घण्टाको झण्डै १५ सय रुपैयाँका दरले केही रकम जम्मा गर्न सफल पनि
भए ।
पटक पटक कलाकार विद्यार्थीहरुको अगाडि
आफुलाई नांगो बनाएर उनले आफ्नो नग्न चित्र कोर्न दिए । कलाकारिताका
विद्यार्थीहरु आफुलाई निकै मन परेको र उनीहरु आफ्नो नांगो सरीर देख्दा
नहाँसिकन निकै गम्भीर बनेर चित्र कोरेको उनको अनुभव छ । आफ्नो घरजग्गा
बेचेर जम्मा गरेको रकममा आफु नांगिएर जम्मा गरेको रकम थपेर २२ वर्षको
छोराको उपचार गराउने तयारीमा उनी छन् । धन्य छ यी दयालु बुवालाई ।
No comments:
Post a Comment