Total Pageviews

Saturday, April 13, 2013

प्रहरी हत्याराको नजिक

ताप्लेजुङ, वैशाख १ - गत चैत १४ गते पाँच वषर्ीय ना बालक छोरोसहित खोलामा मृत भेटिएकी १४ दिनकी सुत्केरी कमला लिम्बूको हत्या को तथ्य नजिक प्रहरी पुगेको छ । १४ दिनको बच्चाको अवस्था भने अझै पत्ता लगाउन सकेको छैन ।
सदरमुकामबाट एक दिनको पैदलमा रहेको साँवा गाउँ विकास समिति १ दलैचामा एकै दिनमा तीन जनाको मृत्यु र एक शिशु बेपत्ता भएका थिए । श्रीमान् लालबहादुर लिम्बूको मृत्यु भएको १४ महिनापछि सुत्केरी भएकी कमला र उनको पाँच वषर्ीय छोरालाई घर नजिकैको ठाडो खोलामा रहेको पोखरीमा फालिएको थियो । बुहारी र नातिको हत्या भएको सुनेपछि वृद्ध सासूको पनि मृत्यु
भएको थियो ।
प्रहरी नायब उपरीक्षक गोविन्द आचार्यका अनुसार पक्राउ परेका अभियुक्तहरूलाई घटनाको तथ्यसहित केही दिनमा नै अदालतमा बुझाउने तयारी भइरहेको छ । घटनामा कमलाका देवर अमृत लिम्बू मुख्य अभियुक्त देखिएका छन् । अरूको पनि संलग्नता देखिएको र उनीहरूलाई पक्रिने प्रयास भइरहेकाले  अनुसन्धान प्रक्रिया केही लम्बिएको प्रहरीले जनाएको छ । 'अहिले मानव अधिकारका कुरा छन्, पिटेर तथ्य खुलाउन मिल्दैन, त्यसैले अरू विधि प्रयोग गर्दा अनुसन्धान केही लम्बिएको हो,' आचार्यले भने । प्रहरीले हराएको बच्चाका विषयमा अमृतकी श्रीमतीसँग अनुसन्धान गरिरहेको छ ।

No comments:

Post a Comment