५ बैशाख, एजेन्सी ।
अमेरिकाको बोस्टनमा गराइएको बम विस्फोटको घटना सेलाउन नपाउँदै त्यहाँका राष्ट्रपति बराक ओबामालाई प्राणघातक विषादी हालेर चिठि पठाएको अन्तिम अवस्थामा फेला पारिएको छ ।
राष्ट्रपति निवास ह्वाइट हाउसको विभिन्न च्यानल पार गरेर ओबामाको हातमा पर्ने अवस्था एक तह अगाडीमात्र चिठिलाई मेसिनबाट जाँच गर्दा चिठिमा प्राण घातक विषादी रिसिन रहेको प्रमाणीत भएको हो । यो विषादी सुँघे, खाए वा शरिर भित्र कुनैपनि किसिमले पसेमा बाँच्ने संभावना ज्यादै न्युनहुने विज्ञहरुले बताएका छन ।
अत्यन्तै प्राणघातक मानिने यो विष कसले पठाएको भन्नेबारी अमेरिकी गुप्तचर संस्था एफबिआइलाई छानविन गर्न जिम्मा दिएको छ । राष्ट्रपतिलाईनै यसरी प्राणघातक विष हालेर चिठि पठाएको र एकदिन अघिमात्र बम विस्फोटमा ३ अमेरिकीको मृत्यु भएको घटनापछि अमेरिकामा सुरक्षाब्यवस्थामा थप कडाइ गरिएको विभिन्न समाचार संस्थाहरुले उल्लेख गरेका छन ।
एकदिन अघि मात्र अर्का एक अमेरिकी सिनेटरलाई पनि यस्तै प्राणघातक विषहालेर चिठी दिएको पाइएको बताइएको छ ।

No comments:
Post a Comment