Total Pageviews

Wednesday, April 3, 2013

यस्तो अवस्थामा मैले अब के गर्नुपर्ला ?


म २० वषर्ीया युवती हुँ। विगत दुई वर्षदेखि मैले एउटा युवकसँग प्रेम गर्दै आएकी थिए। म उनीबिना बाँच्न नसक्ने भैसकेेकी थिएँ, त्यसैले दुई  महिनाअघि ऊसँग मैले विवाह गरें। मेरो सिन्दूर-पोते अझै भएको छैन। मलाई पछि थाहा भयो, उनको पहिले नै विवाह भैसकेको रहेछ। अहिले  उनी हामी दुवै जनालाई  मिलाएर राख्छु भन्छन्, मलाई नछाड भन्छन्। हामी एक-अर्कालाई धेरै माया गछौर्ं। यस्तो अवस्थामा मैले अब के  गर्नुपर्ला ?


यस्तै अवस्थालाई भनिन्छ, हतारमा काम गरेर फुर्सदमा पछुताउनु। तपाईंले जे गर्नुभयो त्यो गल्ती थियो। विवाहजस्तो गम्भीर विषय भएकाले  त्यो गल्तीमा अब सच्याउने ठाउँ पनि देखिँदैन। तपाईंले आफूले गल्ती मात्र गरेको नभै आफूजस्तै अर्की महिलाको हक-अधिकारमाथि पनि  अतिक्रमण गर्नुभएको छ।  आफूले गरेका निर्णयहरूप्रति पश्चाताप गरेर अहिले आगोमाथिको ओभानो हुन सक्नु हुन्न। यस्तो गल्तीमा तपाईंको  भन्दा बढी दोष तपाईका श्रीमान्को होला तर हाम्रो समाजमा यस्ता गल्तीहरूमा पुरुषलाई भन्दा महिलालाई बढी दोषी देख्ने परिपाटी विद्यमान  रहेकाले तपाईं पनि श्रीमान्जत्तिकै दोषी देखिनुहुन्छ, किनभने विवाहजस्तो जीवनकै महत्वपूर्ण निर्णय गर्दा पुरुष वा स्त्री दुवैले आफूले जोसँग  विवाह गरिदैछ, उसका बारेमा राम्रोसँग खोजिनीति गर्नुपर्छ। यो विषयमा तपाईं चुक्नुभएको छ। अहिले आएर तपाईंका श्रीमान्ले दुवैलाई  मिलाएर राख्छु भन्नु गोहीले आँसु चुहाएजस्तै हो। तपाईंलाई मेरो सल्लाह के छ भने यदि तपाईं आत्मनिर्भर हुनुहुन्छ भने आफूजस्तै अर्की  महिलाको अधिकार खोस्नुको सट्टा आफ्नो विवाहलाई एउटा दुर्घटना सम्झेर अलग हुनुमै तपाईंको कल्याण हुन्छ।

No comments:

Post a Comment