कुनै युवती कुनै युवाप्रति आकषिर्त हुनु नौलो कुरा होइन। आफ्नो आँखा कुन बेला सुन्दर युुवामा ठोक्किन्छ भन्न गाह्रो छ। युवतीहरूका लागि युवाहरूको आँखा पर्नु ठूलो कुरा होइन तर आफूले मन पराउने खालको युवासँग कुरा गर्नुचाहिँ साँच्चिकै अप्ठेरो हुन्छ। पहिले नै कहीँं भेटे जस्तो लाग्छ ः यो पुरानो स्टाइल जस्तो लाग्न सक्छ तर पनि यो स्टाइलले अझै पनि उत्तिकै काम गर्छ। यो समयमा आफूले ती युवाको नजिकै गएर कहीँ पहिले भेटेको भन्दै सम्भिmने शैली अपनाउन सकिन्छ। ती पुरुषको जवाफ जेजस्तो भए पनि बातचितको सुरुवात भने भैहाल्छ।
मलाई सहयोग गर्न सक्नुहुन्छ ः युवकलाई उसको महत्वको अनुभूति दिनुपर्छ। कुनै पनि युवकलाई युवतीलाई सहयोग गर्दा मज्जा लाग्छ। त्यसैले कुनै काम गर्दा गर्दै उसको सहयोग लिँदा धन्यवाद दिँदै मिठो मुस्कान दिनुहोस्। यसले पनि कुराकानी सुरु हुन्छ।
म यहाँ बस्न सक्छु ः बसमा होस, प्लेनमा होस् वा लाइब्रेरीमा, कुनै पनि युवतीले यसको फाइदा लिई हाल्छन्। मनले खाने युवालाई हेरेर उसलाई कुनै अप्ठ्ेरो नपर्ने गरी छेउमा बस्न अनुरोध गर्न सकिन्छ। यही समयमा उक्त युवाको आज्ञा पाउने बित्तिकै उसलाई मिठो मुस्कान दिइहाल्नुपर्छ, ताकि आफू पनि उसको पहुँचमा भएको अनुभव उसलाई होस्।
सामान उसको नजिकमा राख्नुस् ः कुनै पुरुषको नजिकै बसिरहेको बेला वा बस्दा आफ्नो सामान जस्तै कलम, रुमाल, चाबी, किताब, मो बाइल वा अन्य कुनै सामग्री उसको छेउमा छोडेजस्तो गर्नुस्। यसबाट उक्त पुरुष तपाईंको समान दिन तपाईंको पछि-पछि कुदेर आउँछ अनि बोल्ने बहाना सुरु भैहाल्छ।
सिधा बोल्ने ः दुई जनाको नजर जुधिसकेको छ भने आत्मविश्वासका साथ आफ्नो मनको कुरा उक्त युवकलाई बताइदिनुहोस्। किनभने पुरु षहरूलाई सीधा बोल्ने युवती नै मन पर्छन्।
No comments:
Post a Comment