काभ्रे, वैशाख १२ -
महिला हिंसा विरुद्ध वकालत गर्दै आएका महिला अधिकारकर्मी आन्दोलनमा
उत्रिएका छन् । मेथिनकोट-८ काफ्लेथोककी १६ वर्षीय किशोरी सामूहिक
बलात्कारको शिकार भएको लामो समयसम्म पनि प्रहरीले अभियुक्तलाई पक्राउ गर्न
नसकेपछि अधिकारकर्मी सम्लित एकिकृत महिला समाज र मानवअधिकार संरक्षक सञ्जाल
बिहीबारदेखि संयुक्त रुपमा आन्दोलनमा उत्रिएको हो । आन्दोलनरत उनीहरुले घटनाको सत्यतथ्य छानबिन गरी छिट्टो भन्दा छिटो अभियुक्त पक्राउ गरी कारबाही गर्न माग गदै जिल्ल्ाा प्रशासन कार्यालय र जिल्ला प्रहरी प्रमुखलाई डेलिगेन सहित ज्ञापन पत्र बुझाएका छन् ।
'अभियुक्त पक्राउ गरी कारबाही नगरुञ्जेलसम्म हाम्रो आन्दोलन रोकिदैंन' नेपाल बार पूर्व जिल्ला अध्यक्ष कृष्णप्यारी नकर्मीले भनिन् 'जिल्ला प्रहरी प्रमुखले छिट्टै अभियुक्तलाई पक्राउ गर्ने बताएका छन् ।
आन्दोलनमा अधिकारकर्मीसँगै एमालेकी पूर्व सभासद् शिला कतिलादेखि लिएर एमाओवादी, काँग्रेस र एमालेका महिला संगठनका प्रतिनिधि समेत सहभागी थिए । घटना घटेका ३१ दिन हुँदा समेत प्रहरीले अभियुक्त पत्रिन सकेको छैन ।
चैत्र १३ गते राति घर भित्र छिरेका हतियार धारी अज्ञात समूहले किशोरीमाथि सामूहिक बलात्कार गरेका थिए । अनुहार लुकाउँदै पानी माग्ने बाहानामा बालिकाको घर भित्र ८/१० जनाको अज्ञात समूह छिरेको थियो । बालिकालाई ४ जनाले पालैपालो सामूहिक बलात्कार गरी घरमा लुटपाट समेत गरेका थिए । पीडित किशोरी एसएलसी परीक्षा दिएर बसेकी थिईन् ।
No comments:
Post a Comment