Total Pageviews

Monday, April 15, 2013

दुई दिनमा करिब चार हजारलाई कारवाही

checkingकाठमाडौ, वैशाख २ - नयाँ बर्षलाई दुर्घटनारहित बनाउने भन्दै ट्राफिक प्रहरीले गरेको चेकजाँचमा दुई दिनमा झन्डै चार हजार सवारी चालकलाई कारवाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ । नयाँ बर्षको अघिल्लो दिन र नयाँ बर्षको दिन ट्राफिक प्रहरीले बिभिन्न स्थानमा गरेको चेकजाँचमा यो संख्यामा कारवाही गरिएको हो ।
दुई दिन ६५ स्थानमा चेकप्वाइन्ट स्थापना गरी र १८ स्थानमा मोबाइल चेकजाँच गरिएको महानगरीय ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता डीएसपी पवनकुमार गिरीले जानकारी दिए । चेकजाँचका क्रममा मादक पदार्थ सेवन गरी चलाइएका पाँचसय ५५ वटा सवारी नियन्त्रणमा लिनुका साथै अनुशासन भंग गरी चलाइएका सातसय २० सवारी ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको थियो ।
नियमअनुसार कारवाही गरी आज ती सवारीहरु धनीलाई बुझाइएको प्रवक्ता गिरीले जानकारी दिए । चेकिङ गरी कडाई गरेकाले नयाँ बर्षमा कुनै ठूला दुर्घटना हुन नपाएको ट्राफिक प्रहरीको दाबी छ ।
 

No comments:

Post a Comment