Total Pageviews

Monday, April 15, 2013

कम्बोडियाली मुक्त बन्दीद्वारा सुवेदीलाई धन्यवाद

surya subediकाठमाडौ, वैशाख २ - राजनीतिक आस्थाका आधारमा बन्दी ८ महिना बन्दी जीवन बिताएर मुक्त भएका एक कम्बोडियाली सञ्चारउद्यमीले छुटाउन सहयोग गरेकोमा प्राध्यपक सुर्यप्रसाद सुवेदीलाई धन्यवाद दिएका छन् ।
सरकारीविरुद्ध समाचार प्रशारण गरेका कारण पक्राउ परेका सञ्चारउद्यमी सोनान्डो एक महिनाअघि रिहा भएका थिए । उनलाई २० बर्षको जेल सजाए सुनाइएको थियो ।
उनको पक्राउबारे संयुक्त राष्ट्रसंघ, अमेरिकी राष्ट्रपति बाराक ओबामालगायतले चासो व्यक्त गर्दै छुटाउन पहल गरेका थिए । कम्बोडियाका संयुक्त राष्ट्रसंघका लागि मानवअधिकार बिशेष दुत सुवेदीसहितको टोलीले उनलाई छुटाउनको लागि प्रयास गरेका हुन् । सेनान्डालाई भेट्न सुवेदी उनलाई राखिएको जेलमा समेत पुगेका थिए ।
रिहाईपछि सुवेदीलाई पत्र लेख्दै सोनान्डोले आफ्नो देशको मानवअधिकार र प्रजातन्त्र रक्षामा केन्द्रीत रहन आग्रह गरेका छन् । नेपाली मूलका सुवेदी बेलायतमा रहेर प्राध्यापन गर्छन् ।
 

No comments:

Post a Comment