१५ बैशाख, काठमाडौं । आज देशभर विभिन्न
कार्यक्रमहरुको आयोजना गरि राष्ट्रिय चिया दिवस मनाईंदै छ । मुलुकभर चिया
खेतीको विस्तार गरि किसान तथा उद्यमी-व्यवसायीहरुलाई प्रोत्साहन गर्न
सरकारले २०५४ सालदेखि बैशाख १५ गते राष्ट्रिय चिया दिवस मनाउँदै आएको छ ।
विभिन्न जिल्लाहरुमा चिया खेती विस्तार
हुन थालेपछि पछिल्लो समय नेपाल चियामा आत्मनिर्भर बनिसकेको छ । चिया
नगदेवाली भएको हुँदा चिया खेतीमा कृषकहरुको आकर्षण समेत बढ्दै गएको छ ।
इलाम, झापा, पाँचथर र तेह्रथुममा व्यवसायिक रुपमा गरिदै आएको चिया खेती
पछिल्लो समय अन्य जिल्लाहरुमा समेत विस्तार भएको छ ।
नेपाली चियाको स्वदेशमा मात्र नभएर
विदेशमा समेत उच्च माग रहेको छ । विदेशहरुले नेपाली चिया अत्यन्त धेरै मन
पराउने हुँदा यसको निर्यात सम्भवना प्रशस्त रहेको छ । नेपालबाट निर्यात
हुने वस्तुहरुमा चिया अग्र पंक्तिमा आउँछ ।
प्रत्येक वर्ष नेपाली चियाको निर्यात
बढ्दै गएको एक तथ्याङ्कले देखाएको छ । नेपाल आयात तथा निर्यात प्रबर्द्धन
केन्द्रका अनुसार चालु आर्थिक वर्षको ८ महिनासम्ममा १ अर्ब २४ करोड ५७ लाख
रुपैयाँ बराबरको नेपाली चिया विदेश निर्यात भएको छ । गत आवको सोही अवधिमा
९१ करोड ११ लाख ९४ हजार रुपैयाँ बराबरको चिया निर्यात भएको थियो ।
No comments:
Post a Comment