१३ बैशाख, काठमाडौं । हास्यकलाकार
दीपाश्री निरौला शुक्रबारदेखि नयाँ घरमा सर्नुभएको छ । ‘अहिलेसम्म भाडामा
बस्दै आएको थिएँ, अब भने आफैंले घर बनाएर नयाँ घरमा बस्न थालेको हुँ’
निरौलाले अनलाइनखबरसित भन्नुभयो ।
कलाकारिता मार्फत कमाएको एककरोड १० लाख
रुपैंयामा नयाँ घर बनाएको उहाँले जानकारी दिनुभयो । बैशाखको बेला नयाँ घर त
भयो, घरजम चाहिँ कहिले त भन्ने हाम्रो प्रश्नमा दीपाश्रीले हाँस्दै
भन्नुभयो-’त्यो दिन पनि छिटै आउँछ ।’
नयाँ घरमा बुबा र बहिनीहरु सहित बस्ने
उहाँले बताउनुभयो । ‘बिराटनगरबाट बुबा आउँदै हुनुहुन्छ, बहिनीहरु यहीँ छन्,
सबैजना यही घरमा बस्छौं’ उहाँले भन्नुभयो । नयाँ घरमा बुबा र बहिनी
राखेपछि घरजम भएपछि चाहिँ के गर्ने नि ? जवाफमा उहाँले भन्नुभयो-’घरजम
भएपछि त नयाँ घरबाट जम्प भएर उसकै घरमा जानु पर्यो नि ।’ त्यो उ चाहिँ होला
त ? ‘त्यो त भन्न मिल्दैन’ दीपाश्रीले भन्नुभयो ।
कलाकार दीपाश्रीले आफ्नो घरजम गर्ने उमेर
अझै बाँकी रहेको पनि बताउनुभयो । आफू भर्खर ‘स्वीट सिक्सिटन’ को उमेरमा
रहेको उहाँले ठट्टा गर्नुभयो । ‘म सुतेको उमेर हिसाब गर्दिन क्या, सुतेको
कटाउँदा त त्यही १६/१७ त भएँ होला नि’ उहाँले हाँस्दै भन्नुभयो ।
No comments:
Post a Comment