सोल (एपी), चैत्र ३१ -
अमेरिकी विदेशमन्त्री जोन केरीले उत्तर कोरियाले युद्धको कुरा गरेर ठूलो
भूल गरिरहेको बताएका छन् । 'परिस्थितिलाई नै उत्तेजक बनाउने गरी उत्तर
कोरियाले केही समययता गरिरहेको प्रचार एउटा ठूलो भूलमात्र हो,' उनले भने ।आणविक परीक्षण गर्ने प्रचारले उत्तर कोरियालाई ठूलो गल्तीतर्फ धकेल्ने धारणा पनि विदेशमन्त्री केरीले राखे । हाल दक्षिण कोरिया भ्रमणरत उनले शुक्रबार संवाददाताहरूसँग उक्त प्रतिक्रिया दिएका हुन् । दक्षिण कोरियाली राष्ट्रपतिप्रति अमेरिकाको सम्मान रहेको पनि उनले बताए । 'दक्षिण कोरियाका राष्ट्रपति पार्क गेन हाइ यस क्षेत्रकै शान्ति र समृद्धिको दृष्टिकोणका साथ आउनुभएकाले उहााको विचारको अमेरिकाले सम्मान गरेको छ,' उनले भने ।
विदेशमन्त्री केरी आफ्नो पहलो एसिया भ्रमणका क्रममा दक्षिण कोरिया पुगेका हुन् । उनले शुक्रबारै दक्षिण कोरियाली राष्ट्रपतिसँ भेटवार्ता गरे ।
उत्तर र दक्षिण कोरियाबीचमा केही समयदेखि विवाद जारी रहेका बेला अमेरिकी विदेशमन्त्री केरी हाल सोल आउनुलाई ठूलो महत्त्वका साथ हेरिएको छ ।
यसैबीच उत्तर र दक्षिण कोरियाबीचको विवाद झनै चर्किएर गएको छ । उत्तरले केहीदिन अघिमात्र संयुक्त औद्योगिक क्षेत्रबाट आफ्ना नागरिक फिर्ता गरेको छ । उसले दक्षिण कोरियाका विरुद्ध शक्तिशाली आणविक अस्त्र प्रक्षेपण गर्ने धम्की दिँदै आएको छ । जवाफमा दक्षिण कोरियाले पनि कडा मात्रामा प्रतिक्रिया दिँदै आएको छ ।
प्रकाशित मिति: २०६९ चैत्र ३१ १०:०७
No comments:
Post a Comment