एक यस्ती महिला जो आफ्नो सरीरको वजन घटाउन
आफ्ना भुपु लोग्नेसँग दिनभर सेक्स गर्छिन् । एक केटी जसको अनुहारभरी रौँ
छन् तरपनि खुसी छिन् । एक सिकर्मी जसले हातले होइन खुट्टाले काम गर्छन् र
जिविका चलाउँछन् अनि एक यस्ती महिला जसले आफ्ना आँखाका गेडा फुत्तै बाहिर
निकाल्छिन् । साँच्ची यस्ता अनौठा मानव प्राणी विश्वमा धेरै छन् । हामीले
यहाँ केही त्यस्तै अनौठा मानवीय पात्रहरुको बारेमा जानकारी प्रस्तुत गरेका
छौ :
अमेरिकाको क्यालिफोर्नियाकी पाउलिन पोटरको
वजन ६४३ पाउण्ड छ । जसका कारण उनले विश्वमा सबैभन्दा वजनदार महिलाको रुपमा
गिनिज बुकमै नाम लेखाएकी छिन् । यद्यपि यी महिलाले हाल वजन घटाउन अनौठो
तरिका अपनाएकी छिन् । उनले आफ्ना भुपु लोग्नेसँग लगातार सेक्स गरेर वजन
घटाउँदैछिन् र उनको वजन केही कम समेत हुँदै गएको छ । उनीहरुले दिनमा ७
पटकसम्म सेक्स गर्दा रहेछन् ।
अमेरिकाको एटलान्टिक सिटीमा बस्ने जेलिसा थम्पसन आँखाका गेडा निकाल्न बाहिर छिन् । उनले आँखाका गेडा डरलाग्दो गरी बाहिर देखाउँछिन् ।
इथियोपियामा एकजना यस्ता सिकर्मी छन् जसले
हातले होइन खुट्टाले काम गर्छन् । ४२ वर्षका सिनटायेशु टिशेलले खुट्टामै
हथौडा अठ्याएर काठमा किला ठोक्छन् । जन्मजात पोलियोका कारण उनका दुइ हात
सुकेका छन् । उनका खुट्टा पनि असामान्य नै छन् ।
भारतकी एक महिलाका दुइवटा पाठेघर छन् ।
गएको वर्ष २८ वर्षकी यी रिंकु देवीले जुम्ल्याहा बच्चा जन्माइन् । मुजप्फर
जिल्लाकी यी महिलाले आफ्नो पेटमा भई दुइ अलगअलग पाठेघरमा जुम्ल्याहा छोरा
हुर्काएर जुम्ल्याहा पाएकी हुन् । दुइ वटा पाठेघर हुनु निकै दुर्लभ घटना हो
।
सुपात्रा सासुफेन नामकी यी किशोरीको
अनुहारभरि टाउकोमा जस्तै रौँ पलाएका छन् । हेर्दा यिनी कुरुप छिन् तर
अनुहारकै रौँ का कारण गिनिज बुकमा नाम लेखिएपछि निकै खुसी छिन् ।
थाइल्याण्डकी यी १२ वर्षे किशोरी ब्वासेँ केटीका नामले पनि चर्चित छिन् ।









No comments:
Post a Comment