नायिका नन्दिता केसीलाई चलचित्रमा नदेखिएको धेरै भयो । उनी चलचित्रमा
नदेखिनुलाई दुई प्रकारले टिप्पणी गर्न थालिएको छ । नयाँ चलचित्रबाट
प्रस्ताव नआएकाले उनी फुर्सदमा भएको एउटा दाबी छ भने चित्तबुझ्दो चलचित्र
नपाएकाले काम नगरेको स्वयं नन्दिताको तर्क छ । राम्रो अभिनय गर्न सक्ने
नायिकाका रूपमा स्थापित भैसकेकी नन्दिताले नयाँ चलचित्र नपाउनु आफैंमा
आश्चर्यको कुरा हो । चलचित्र नपाएर के भो' त ? नन्दितालाई यो कुराले
चिन्तित बनाएको छैन । उनी चलचित्रमा गर्न नपाएको काम म्युजिक भिडियोहरूमा
गरिरहेकी छिन् । हालै छायांकन गरिएको प्रदीप निरौला निर्देशित एउटा
भिडियोमा त उनी वृद्ध महिलाको भूमिकामा समेत प्रस्तुत भैसकेकी छिन् । यसबीच
नन्दिताले एउटा टेलिभिजन कार्यक्रममा समेत 'पार्ट टाइम जब' पाएकी छिन् ।
भिडियो जक्कीका रूपमा नन्दिता यतिबेला आफ्नै सहकर्मी नायक-नायिकाहरूको
कामको मूल्यांकन गरिरहेकी छिन् ।Total Pageviews
Wednesday, April 24, 2013
चिन्तित छैनन् नन्दिता
नायिका नन्दिता केसीलाई चलचित्रमा नदेखिएको धेरै भयो । उनी चलचित्रमा
नदेखिनुलाई दुई प्रकारले टिप्पणी गर्न थालिएको छ । नयाँ चलचित्रबाट
प्रस्ताव नआएकाले उनी फुर्सदमा भएको एउटा दाबी छ भने चित्तबुझ्दो चलचित्र
नपाएकाले काम नगरेको स्वयं नन्दिताको तर्क छ । राम्रो अभिनय गर्न सक्ने
नायिकाका रूपमा स्थापित भैसकेकी नन्दिताले नयाँ चलचित्र नपाउनु आफैंमा
आश्चर्यको कुरा हो । चलचित्र नपाएर के भो' त ? नन्दितालाई यो कुराले
चिन्तित बनाएको छैन । उनी चलचित्रमा गर्न नपाएको काम म्युजिक भिडियोहरूमा
गरिरहेकी छिन् । हालै छायांकन गरिएको प्रदीप निरौला निर्देशित एउटा
भिडियोमा त उनी वृद्ध महिलाको भूमिकामा समेत प्रस्तुत भैसकेकी छिन् । यसबीच
नन्दिताले एउटा टेलिभिजन कार्यक्रममा समेत 'पार्ट टाइम जब' पाएकी छिन् ।
भिडियो जक्कीका रूपमा नन्दिता यतिबेला आफ्नै सहकर्मी नायक-नायिकाहरूको
कामको मूल्यांकन गरिरहेकी छिन् ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment