१५ वैशाख, काठमाण्डौं । विवाहमण्डपमा
हर्षोल्लास छ । छेउमा बाजाको तालमा नाच चलिरहेको छ । जन्ती लोकन्ती आ आफ्ना
झुन्डमा गफिँदै बिहे नियाल्दैछन् । दुलाहा दुलहीलाई छेड हान्दै मण्डपको
माहोल तलाउनेको कमी छैन । सबै आ आफ्नै सुरमा छन् ।
मण्डपमा एउटा अपरिचित (जसलाई लोकन्तीले
जन्ती, जन्तीले लोकन्ती र कसैकसैले पुरोहितका सहयोगी ठानिरहेका छन् ) को
सक्रियता हेर्न लायक छ । अग्लो ख्याउटे अनुहार, क्याप लगाएको दुबै पक्षलाई
सहयोग गरिरहेको छ । यसो गर्नुस्, यसो गर्नुस् भनेर खटनपटनसमेत गर्दैछ ।
यतिकैमा खाने समय भयो, सबै भोदभत्तेर खान खुवाउन व्यस्त भए ।
- -
खानपिनपछि बाँकी विवाह प्रक्रिया सुरु भयो
। दुलाहा दुलहीले लगनगाँठो समातेर जग्गे परिक्रमा गर्ने बेला भयो ।
पुरोहितले विवाह सम्बन्ध दिगो बनाउन राम्ररी कसिएको लगनगाँठो समातोर जग्गे
परिक्रमा गर्न दुलाहा दुलहीलाई अह्राए ।
लौ बर्वाद ! अघिसम्म जग्गेमै रहेको
लगनगाँठो त्यहाँ देखिएन कसले, कहाँ लग्यो ? हल्लीखल्ली भयो, तर भेटिएन ।
अचम्म त अघि लगनगाँठो कस्न सघाउने ती अनौठा व्यक्ति पनि त्यहाँ देखिएनन् ।
लगनगाँठो त उनैले टप्काएर भागेछन् ।
प्रहरी बोलाइयो । केहीबेरमै प्रहरी आएर निरीक्षण गरे । लगनगाँठो चोरिको ती
अनौठा व्यक्ति कसैको निम्तालु वा सहयोगी नभएको चोर नै भएको खूल्यो ।
पण्डितले नयाँ लगनगाँठो कस्न लगाएर विवाह सम्पन्न गरे ।
चलचित्रको दृश्यझै यो घटना सामाखुसीस्थित
एबी पार्टी प्यालेसमा शुक्रबार भएको विवाहको हो । प्रहरीलाई खबर गर्नै र
आफन्तले समेत वरपर खोजी गरे पनि चाृेर भेटिएन । विवाहमण्डपमा फोटो र भिडियो
खिज्नेहरुले पनि उनलाई नजिकको मान्छे ठानेर ती व्यक्तिलाई फोकस गरेको बताए
। हराएको लगनगाँठो चोर त्यही भिडियो हेरेर पहिचान भयो । पत्यक्षदर्शीका
अनुसार ती व्यक्तिले कम्तीमा एक डेढ घण्टा विवाहमण्डपमा सघाउँदा पनि दुवै
पक्षका आफन्तले पत्तो पाएनन् ।
आफन्तका अनुसार ती व्यक्तिले जग्गेका
विभिन्न ठाउँमा कति पैसा राख्ने भन्नेसमेत बारम्बार सल्लाहदिए । उनले
सुरुमै दुलहीकी आमालाई ‘विदेश बस्ने ज्वाई, इज्जत सवाल हो’ भन्दै
लगनगाँठोमा कम्तीमा १४-१५ हजार राख्न सुझाव दिएका थिए । दुलही पक्षका
अनुसार लगनगाँठोमा १४ हजार राखिएको थियो । लगनगाँठोमा दुलाहा पक्षले
कम्तीमा दुलही पक्षले राखेजति रकम राख्नै पर्छ ।
दुवै पक्षलाई पैसा राख्न लगाएपछि ती
व्यक्तिले दुलाहा र दुलहीलाई लगनगाँठो कस्न लगाएका थिए । त्यसपछि उनले अरु
खाना खान गएको मौका छोपी ट्याक्सी चढेर भागेको स्थानीयलाई उदृत गर्दै
नागरिक दैनिकले खबर छापेको छ ।
यता प्रहरीले भने लिखित उजुरी नआएको
बताएको छ । भिडियोसहित लिखित उजुरी आए तत्काल खोज्न सकिने सामाखुसीस्थित
तिलिङटार प्रहरी प्रभागका सइ आदित्य सिंहले बताए ।
No comments:
Post a Comment