इरान, वैशाख ३ -
इरानमा गएको शक्तिशाली भुकम्पका कारण कम्तिमा ४० जनाको मृत्यु भएको
त्यहाँको सञ्चारमाध्यमले जनाएका छन् । पाकिस्तानसँग जोडिएको सीमा नजिकै
गएको भुकम्पको धक्का पाकिस्तान, दुवै, बहराइन र भारतमा पनि महशुश गरिएको
थियो ।इरानी अधिकारीले उक्त भुकम्प ८ रेक्टर स्केलको भएको जनाएका छन् । भुकम्प गएको स्थान पाकिस्तानी सीमानाबाट ४८ किलोमिटर टाढा पर्छ । इरानमै एक हप्ता अघि गएको भुकम्पमा ३७ जनाको मृत्यु भएको थियो ।
इरानी अधिकारीहरुले मृत्यु संख्या अझैं बढ्नसक्ने आशंका गरेका छन् । भुकम्पको यकिन क्षति विवरण आउन बाँकी छ । इरानको खस र सराभन सहरनजिकै भुकम्प गएको हो ।
भुकम्प धक्काका कारण पाकिस्तानमा १२ जनाको मृत्यु भएको त्यहाँको सरकारी समाचार एजेन्सीले जनाएका छन् । धक्काका एक हजार बढी घर भत्किएको अनुमान छ ।
No comments:
Post a Comment