Total Pageviews

Tuesday, April 16, 2013

मूल्यवृद्धि ११.३ प्रतिशत : राष्ट्र बैंक


काठमाडौ, वैशाख ३ - दैनिक उपभोग्य वस्तुमा ११.३ प्रतिशत मूल्यवृद्धि भएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
बैंकले चालु आर्थिक वर्षको आठ महिनाको आर्थिक स्थितिको विवरण आज सार्वजनिक गर्दै खाद्य तथा पेय पदार्थ समूहको मूल्य सूचकाङ्कको वृद्धिदर ११.३ प्रतिशत रहेको जनाएको छ भने गैर–खाद्य तथा सेवा समूहको सूचकाङ्कमा ९.३ प्रतिशतले वृद्धि भएको उल्लेख गरेको छ ।
nepal rastra bank बैंकका अनुसार २०६९ फागुन महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति १०.२ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो मुद्रास्फीति ७.० प्रतिशत रहेको थियो ।
चालु आर्थिक वर्षको आठ महिनामा खाद्य तथा पेय पदार्थ समूहमा पर्ने वस्तुहरूमध्ये माछा–मासु उप–समूहको वार्षिक विन्दुगत मूल्य सूचकाङ्कको वृद्धिदर सबैभन्दा बढी अर्थात् १७.१ प्रतिशत रहेको छ ।
अघिल्लो वर्षको सोही अवधिमा उक्त उप–समूहको मूल्य सूचकाङ्कमा ५.८ प्रतिशतले वृद्धि भएको थियो । अघिल्लो वर्षको सोही अवधिमा १३.३ प्रतिशतले वृद्धि भएको घिउ–तेल उप–समूहहरूको मूल्य सूचकाङ्क २०६९ फागुन महिनामा १३.९ प्रतिशतले वृद्धि भएको छ ।
त्यसैगरी खाद्यान्न र दलहन उप–समूहहरूको मूल्य सूचकाङ्कमा २०६९ फागुन महिनामा क्रमशः १२.९ प्रतिशत र १२.६ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यी उप–समूहहरूको मूल्य सूचकाङ्कमा २.४ प्रतिशत र १.८ प्रतिशतले ह्रास भएको थियो ।
चालु आर्थिक वर्षको आठ महिनामा यातायात उप–समूहहरूको मूल्य सूचकाङ्कमा क्रमशः ९.७ प्रतिशत र ८.४ प्रतिशतले वृद्धि भएको बैंकले जनाएको छ । अघिल्लो वर्षको सोही अवधीमा यस्तो सूचकाङ्कमा क्रमशः ६.३ प्रतिशत र १७.० प्रतिशतले वृद्धि भएको थियो ।
क्षेत्रगत आधारमा २०६९ फागुन महिनामा सबैभन्दा बढी मूल्य सूचकाङ्क काठमाडौँ उपत्यकामा १०.८ प्रतिशतले वृद्धि भएको छ भने तराई र पहाडको मूल्य सूचकाङ्कको वृद्धिदर क्रमशः १०.२ प्रतिशत र ९.६ प्रतिशत रहेको छ ।
यसैगरी कुल वस्तु निर्यातमध्ये भारततर्पmको निर्यात अघिल्लो वर्षको आठ महिनामा १४.५ प्रतिशत वृद्धि भएको थियो भने चालु आर्थिक वर्षको आठ महिनामा २.० प्रतिशतले मात्र वृद्धि भएको छ । भारततर्पm मुख्यगरी जिआइ पाइप, जुटको बोरा, तार, अदुवा र लत्ताकपडाको निर्यात बढेको छ भने अन्य मुलुकतर्फ विशेषगरी दाल, छाला र तयारी छालाका वस्तुको निर्यातमा वृद्धि भएको छ ।
यस्तै चालु आर्थिक वर्षको आठ महिनामा कुल वस्तु आयात २२.१ प्रतिशतले बढेर रु. ३६० अर्ब ५६ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात १६.६ प्रतिशतले वृद्धि भई रु. २९५ अर्ब २४ करोड रहेको थियो ।
भारत तथा अन्य मुलुक दुवै तर्फको आयातको वृद्धिदर उच्च रहेको कारण कुल वस्तु आयातको वृद्धिदर अघिल्लो वर्षको सोही अवधिसम्मको तुलनामा उच्च रहन गएको हो ।
कुल आयातमध्ये भारतबाट भएको आयात अघिल्लो वर्षको सोही अवधिसम्ममा १२.० प्रतिशत वृद्धिको तुलनामा आठ महिनामा  २४.२ प्रतिशत वृद्धि भएको छ ।
भारतबाट मुख्य गरी पेट्रोलियम पदार्थ, सवारी साधन तथा पाटपूर्जा, सिमेन्ट, चामल, औषधि र अन्य उपकरण र पाटपूर्जा लगायतको आयात बढेको कारण आयात उच्च रहेको देखिएको हो ।
यसैगरी चालु आर्थिक वर्षको आठ महिनामा  कुल वस्तु व्यापार घाटा २५.५ प्रतिशतले वृद्धि भई रु. ३०९ अर्ब ५५ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा १७.१ प्रतिशतले मात्र बढेकोे थियो ।
कुल वस्तु व्यापार घाटामध्ये भारतसँंगको घाटा यो  अवधिमा २८.८ प्रतिशतले वृद्धि भएकोे छ । अघिल्लो वर्षको सोही अवधिमा भारतसंगको यस्तो घाटा ११.५ प्रतिशतले मात्र बढेकोे थियो । त्यस्तै, अघिल्लो वर्षको सोही अवधिसम्ममा २८.९ प्रतिशतले बढेको अन्य मुलुकसँगको व्यापार घाटा पछिल्लो आठ महिनामा १९.५ प्रतिशतले बढेको छ ।
यसैगरी गत फागुन मसान्तमा कुल विदेशी विनिमय सञ्चिति रु ४५३ अर्ब ६१ करोड पुगेकोे छ । वि.स. २०६९ असार मसान्तको रु ४३९ अर्ब ४६ करोडको तुलनामा ३.२ प्रतिशतले वृद्धि भई सो परिणाम कायम भएको हो ।
वि.स. २०६८ फागुन मसान्तमा यस्तो सञ्चिति २०६८ असार मसान्तको तुलनामा ३५.३ प्रतिशतले बढेर रू ३६८ अर्ब १० करोड रहेको थियो ।
कुल सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०६९ असार मसान्तको रु ३७५ अर्ब ५२ करोडको विपरीत २०६९ फागुन मसान्तमा ०.८ प्रतिशतले ह्रास आई रु ३७२ अर्ब ३३ करोड रहेको छ ।
अमेरिकी डलरमा भने बैकिङ क्षेत्रको कुल सञ्चिति २०६९ असारदेखि २०६९ फागुन मसान्तसम्ममा ५.४ प्रतिशतले वृद्धि भई अमेरिकी डलर ५ अर्ब २३ करोड पुगेको छ ।
त्यसैगरी, समीक्षा अवधिमा अपरिवत्र्य भारतीय मुद्रा सञ्चिति १.४ प्रतिशतले वृद्धि भर्ई भारु ६१ अर्ब २५ करोड रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो सञ्चिति ६४.६ प्रतिशतले बढेको थियो ।
आर्थिक वर्ष २०६९÷७० को आठ महिनासम्मको आयातलाई आधार मान्दा विदेशी विनिमय सञ्चितिको विद्यमान स्तर १०.२ महिनाको वस्तु आयात र ८.८ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहेको बैंकले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

No comments:

Post a Comment