मधुसुदन गुरागाईँ, बनेपा, चैत ३१ - नेकपा क्रान्तिकारीले कान्तिपुर
दैनिक पत्रिका बोकेको गाडी जलाएका छन्। भक्तपुरको पलासेमा नागरिक र राजधानी
दैनिक बोकेका गाडी रोक्ने प्रयास गरेको समूहले कान्तिपुरको गाडी
नियन्त्रणमा लिएको थियो। पत्रिका बोकेर सँगैसँगै रहेका गाडीमध्ये नेपाल
रिपब्लिक मिडियाको गाडी रोक्ने प्रयास गरेका थिए।
नागरिक र रिपब्लिका दैनिक बोकेको गाडी चालकले रोक्न खोजे पनि रोकेनन्।
कान्तिपुरको बा ९ च ६६५८ नम्बरको गाडी रोकी अलपत्र परेको यात्रु भन्दै
चढेका उनीहरुले धुलिखेलको ३२ किलोमा पुगेपछि रोकेर गाडीबाट पत्रिका झिक्दै
आगो लगाएका थिए।
गाडीमा आगो लगाएपछि उक्त समूहले नेपाल कम्युनिष्ट पार्टी
माओवादी(क्रान्तिकारी)को पर्चा छाडेका थिए। पर्चामा चैत्र २३ गते गरेको
नेपाल बन्दको समाचार ठूला मिडियाले प्रचार नगरेको भन्दै चेतावनी स्वरुप
कारवाही गरिएको भनिएको छ।
No comments:
Post a Comment