काठमाडौ, वैशाख २ -
वंशानुगत रोगहरूबारे अध्ययन, पहिचान, उपचार र सल्लाह दिन मुलुकमा पहिलो
पटक 'क्लिनिकल जेनेटिक युनिट' सुरु भएको छ । वीर अस्पतालमा सुरु भएको यो
युनिटले रोगहरूको आनुवंशिक (जेनेटिक) कारण पत्ता लगाई समाधान दिनेछ ।
'परिवारमा कसैलाई वंशानुगत रोग छ भने त्यो सन्तानमा हुन्छ/हुँदैन पहिल्यै थाहा पाउन सकिन्छ,' युनिटका क्लिनिकल जेनेटिसिस्ट डा. नीलम ठाकुर कुँवर भन्छिन्, 'कुनै दम्पतीको एउटा बच्चामा मस्कुलर डिस्ट्रोफी देखिएको छ भने भविष्यमा यो रोग हुन्छ/हुँदैन भन्न सकिन्छ ।' हालसम्म खासै अध्ययन नभए पनि थारू समुदायमा थैलिसिमियालगायत रक्तसम्बन्धी रोग बढी देखिने गरेको उनी बताउँछिन् ।
हाल वीरमा मेडिकल जेनेटिक युनिटअन्तर्गत क्लिनिक सुरु भए पनि प्रयोगशाला भने निर्माण हुने प्रक्रियामै छ । अस्पतालका निर्देशक डा. बुलन्द थापाका अनुसार प्रयोगशालामा क्रोमोजोम डीएनएसँग सम्बन्धित परीक्षण सुरु गरिने छ । यसले वंशानुगत रोगहरूको परीक्षण सुविधा दिनेछ ।
डाउन सिन्ड्रोम, थैलिसिमिया, हिमोफिलिया, न्युरल ट्युव डिफेक्ट, फिनायलकिटोन्युरिया, मस्कुलर डिस्ट्रोफी, सिस्टिक फाइब्रोसिस, क्यान्सरलगायत विभिन्न वंशानुगत रोगहरूमा यो केन्द्रले सल्लाह, उपचार सेवा दिन सक्नेछ । केन्द्रमा उपचार गराउन चाहनेले विशेष शुल्क तिर्नु पर्दैन, सामान्य सेवा शुल्कको टिकट भए पुग्छ ।
गम्भीर वंशानुगत रोग परिवारमा भएका युवायुवतीले यहाँ आएर बिहेअघि पनि सल्लाह लिन सक्ने छन् । थैलिसिमिया माइनरको बिहे थैलिसिमिया मानरसँगै भए उनीहरूको सन्तान यो रोगबाट पीडित हुन्छ ।
यस्तो स्थितिमा जेनेटिसिस्टको सुझाव सल्लाह लिएर सावधानी अपनाउन सकिन्छ ।
यस्तो केन्द्रमा विशेषज्ञले जिनको अध्ययन गरेर पारिवारिक इतिहास र चिकित्सकीय तथ्यांकको आँकलन गर्छन् । कुनै व्यक्तिको परिवारमा कुनै समय कसैलाई गम्भीर आनुवंशिक रोग थियो वा वर्तमानमा छ भने उसको सन्तानलाई यो रोग हुन्छ/हुँदैन भन्ने आशंकाको अध्ययनसमेत यहाँ गरिन्छ ।
'यहाँ परिवारमा पुस्तौंदेखि चलिरहेको वंशानुगत रोगबारे थाहा पाइन्छ,' डा.ठाकुर भन्छिन्, 'बिहेअघि युवायुवतीले सल्लाह लिनु राम्रो हुन्छ जसले गर्दा आशंका भएको रोगको उपचार गर्न सकियोस् । यहाँ पुरुष र महिला बाँझोपनबारे समेत सल्लाह दिइन्छ ।'

No comments:
Post a Comment