काठमाडौ, वैशाख ४ -
काठमाडौँबाट हङकङ जान लागेका नुवाकोट जिल्ला लुप्चे-५ घर बताउने वीरमान
तामाङको पेटबाट आज प्लाष्टिक कोडेट १३२ वटा क्याप्सुल निकालिएको छ ।
निकालिएको लागुऔषधको तौल एक किलो तीनसय ४० ग्राम छ ।
उनलाई चैत २७ गते ड्रागन एयरको उडानद्वारा हङकङ जान लागेको बेलामा त्रिभुवन विमानस्थलबाट पक्राउ गरिएको थियो ।
प्रहरी अस्पताल महाराजगन्जमा स्वास्थ्य परीक्षण गरी उपचार पद्धतिद्वारा दिसा गराएर पेटभित्र रहेको लागुऔषध निकालिएको प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ ।
उनलाई लागू औषध चरेश रहेको प्लाष्टिक कोडेट क्याप्सुल निली पेटमा लुकाई हङ्कङ लैजाँदै छन् भन्ने सूचनाको आधारमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा खटिएको लागुऔषध नियन्त्रण व्युरोको प्रहरी टोलीले चैत २७ गते पक्राउ गरेको थियो ।
यसैगरी लागू औषध नियन्त्रण व्यूरो नयाँबानेश्वरबाट खटिएको प्रहरी टोलीले स्याङजा जिल्ला साखर-७ घर बताउने २४ वर्षीय एमरल्ड सिंह ठकुरी, नवलपरासी जिल्ला शिवमन्दिर-८ मिलनटोल घर बताउने २५ बर्षीय लिला मगर र अर्घाखााची जिल्ला पजेणा-३ आमडाँडा घर बताउने २४ वर्षीय नरेश घलेलाई काठमाडौ पुतलीसडकबाट एक ग्राम खैरो हेरोइनसहित पक्राउ गरेको छ ।

No comments:
Post a Comment