'पत्ता लगाइदिनेलाई २२ लाख इनाम'
१५ बैशाख, काठमाडौं । आमाबाबुको माया आफ्ना सन्तानप्रति कति हुन्छ भन्ने कुरा एक अमेरिकी दम्पत्तिले देखाएका छन् । अमेरिकी दम्पत्ति पाउल साक्को र कोनी साक्कोले तीन वर्ष अगाडि पदयात्राको क्रममा हराएकी छोरीको मृत शरिर भएपनि भेटिन्छ कि भनेर नेपाल धाइरहेका छन् ।
ओब्रे कारोलाइन साक्को सन् २०१० अपि्रल २२
मा लाङटाङ पदयात्राको क्रममा हराएकी थिईन् । उनको अहिलेसम्म न त सास
भेटिएको छ न त लाश नै । उनका बुवा आमा छोरीको खोजी गर्दै वर्षेनी नेपाल
धाइरहेका छन् । बावु-आमाले अहिलेसम्म छोरी भेटिन्छे कि भन्ने आशा मार्न
सकेका छैनन् । उनीहरुले पटक-पटक पत्रकार सम्मेलन गरेर छोरीको खोजी गरेर
मर्दो जिउँदै पत्ता लगाईदिन नेपाल सरकारसमक्ष हार-गुहार गरिहेका छन् ।
बावु-आमाले छोरीको अवस्था पत्ता लगाउनेलाई
२५ हजार अमेरिकी डलर अर्थात २२ लाख नेपाली रुपैयाँ दिन घोषणा गरिसकेको छ ।
नेपाल सरकारले छोरी खोजिदिने कार्यमा ढिला-चुस्ती गरेको हो कि भन्ने
उनीहरुले शंका गरेका छन् । यहि कुरामा नेपाल सरकारलाई झकझकाउन उनीहरुले गत
हप्ता काठमाडौंमा पत्रकार सम्मेलन गरेका थिए । नेपाल सरकारले भने मृतक
पर्यटक साक्कोको खोजी कार्य जारि राखेको बताउँदै आएको छ ।
‘मृतक साक्को सन् २०१० अपि्रल २२ तरिखमा
लाङटाङको लामा होटेलमा पिज्जा र कोक खाएर निस्केको थाहा हुन आएको छ’ नेपाल
ट्रेकिङ एजेन्ट्स एशोसियसन अफ नेपाल (टान) का महासचिव मोहन लम्सालले
अनलाइनखबरसँग कुराकानी गर्दै भन्नुभयो- ‘त्यसपछि उनी कहाँ गइन, कहाँ छिन,
उनको अवस्था कस्तो छ भनेर पत्ता लाग्न सकेको छैन् ।’
No comments:
Post a Comment