विनोद पाण्डे, काठमाडौं, वैशाख ११- नेपाली
राष्ट्रिय क्रिकेट टोलीका उपकप्तान ज्ञानेन्द्र मल्लले विश्व क्रिकेट लिग
डिभिजन ३ मा सहभागिता जनाउने भएका छन्। दिल्लीस्थित ब्रिटिस उच्च नियोगले
केही समयअघि मात्र ज्ञानेन्द्रलाई बेलायतको ट्रान्जिट भिसा प्रदान गरेको
नेपाल क्रिकेट संघका सदस्य किरण राणाले नागरिकन्युजलाई बताए।
बेलायतको ट्रान्जिट भिसा नआए पनि ज्ञानेन्द्रबाहेक नेपाली टोली बुधबार दिउँसो दिल्ली उडेको थियो। दिल्लीमा नेपाली टोलीले ब्रिटिस भिसा बटुल्दै मध्यरातमा लन्डन हुँदै डिभिजन ३ आयोजक स्थल बर्मुडा लागेको छ। ज्ञानेन्द्र र नेपाली टोलीका प्राविधिक विश्लेषक रमन सिवाकोटी मंगलबार साँझ मात्र दिल्ली लागेका थिए। सिवाकोटी पनि मंगलबार मध्यरातमा नेपाली टोलीसँगै लन्डन हुँदै बर्मुडा लागिसकेका छन्।
'ज्ञानेन्द्रको पहिला र अहिलेको राहदानीमा उमेर फरक देखिएको थियो। त्यसपछि उनको भिसा रोकिएको थियो। दिल्लीस्थित ब्रिटिश उच्च नियोगले ज्ञानेन्द्रसँग थप कागजात मागेको थियो, हामीले प्रहरी रिपोर्टसहित बुझाए पछि केही सोधपुछ गरेर ज्ञानेन्द्रलाई भिसा प्रदान गरेको छ,' राणले भने। उनले टिकट मिले आजै दिल्लीबाट ज्ञानेन्द्रलाई बर्मुडा पठाउने तयारी भइरहेको बताए।
२००८ मा डिभिजन ५ खेल्न जर्सी जाँदा ज्ञानेन्द्रसहित नेपाली टोलीले बेलायतको भिसा लिएको थियो। ज्ञानेन्द्रको त्यति खेरको राहदानीको जन्म मिति र अहिलेको नयाँ राहदानीको जन्म मिति फरक छ। नेपाली टोली सबै मंगलबार राति दिल्लीबाट बमुर्डा उडे पनि ज्ञानेन्द्र भारतीय राजधानीमा भिसाको प्रबन्ध मिलाउन गएका क्यानका सदस्य बसन्तराज (अरुण) सत्यालसँगै थिए।
ज्ञानेन्द्रको अनिश्चितताका कारण
वैकल्पिक नरेश बुढाऐरलाई पनि टोलीमा राखिएको थियो। नरेश मंगलबार नेपाली
टोलीसँगै बर्मुडा लागिसकेका छन्। ज्ञानेन्द्र उपलब्ध हुने भएपछि नरेश
नेपाली टोलीमा वैकल्पिक खेलाडीमात्र रहने छन्।
मंगलबार बर्मुडा जाने नेपाली टोलीमा पारससहित, अनिल मण्डल, सुवाष खकुरेल, शरद भेषावकर, प्रदीप ऐरी, शक्ति गौचन, पृथु बाँस्कोटा, बसन्त रेग्मी, विनोद भण्डारी, सञ्जम रेग्मी, अमृत भट्टराई, चन्द्र साउद, राहुल विक छन्। त्यस्तै अफिसियलमा तारिणीविक्रम शाह (व्यवस्थापक), रमन सिवाकोटी (प्राविधिक विश्लेषक), पुबुदु दासानायके (प्रशिक्षक) र सुब्रमइएम (फिजियो) छन्। क्यान अध्यक्ष टंक आङबुहाङ केही दिनपछि बर्मुडा जाने कार्यक्रम छ।
बेलायतको ट्रान्जिट भिसा नआए पनि ज्ञानेन्द्रबाहेक नेपाली टोली बुधबार दिउँसो दिल्ली उडेको थियो। दिल्लीमा नेपाली टोलीले ब्रिटिस भिसा बटुल्दै मध्यरातमा लन्डन हुँदै डिभिजन ३ आयोजक स्थल बर्मुडा लागेको छ। ज्ञानेन्द्र र नेपाली टोलीका प्राविधिक विश्लेषक रमन सिवाकोटी मंगलबार साँझ मात्र दिल्ली लागेका थिए। सिवाकोटी पनि मंगलबार मध्यरातमा नेपाली टोलीसँगै लन्डन हुँदै बर्मुडा लागिसकेका छन्।
'ज्ञानेन्द्रको पहिला र अहिलेको राहदानीमा उमेर फरक देखिएको थियो। त्यसपछि उनको भिसा रोकिएको थियो। दिल्लीस्थित ब्रिटिश उच्च नियोगले ज्ञानेन्द्रसँग थप कागजात मागेको थियो, हामीले प्रहरी रिपोर्टसहित बुझाए पछि केही सोधपुछ गरेर ज्ञानेन्द्रलाई भिसा प्रदान गरेको छ,' राणले भने। उनले टिकट मिले आजै दिल्लीबाट ज्ञानेन्द्रलाई बर्मुडा पठाउने तयारी भइरहेको बताए।
२००८ मा डिभिजन ५ खेल्न जर्सी जाँदा ज्ञानेन्द्रसहित नेपाली टोलीले बेलायतको भिसा लिएको थियो। ज्ञानेन्द्रको त्यति खेरको राहदानीको जन्म मिति र अहिलेको नयाँ राहदानीको जन्म मिति फरक छ। नेपाली टोली सबै मंगलबार राति दिल्लीबाट बमुर्डा उडे पनि ज्ञानेन्द्र भारतीय राजधानीमा भिसाको प्रबन्ध मिलाउन गएका क्यानका सदस्य बसन्तराज (अरुण) सत्यालसँगै थिए।
ज्ञानेन्द्रको अनिश्चितताका कारण
वैकल्पिक नरेश बुढाऐरलाई पनि टोलीमा राखिएको थियो। नरेश मंगलबार नेपाली
टोलीसँगै बर्मुडा लागिसकेका छन्। ज्ञानेन्द्र उपलब्ध हुने भएपछि नरेश
नेपाली टोलीमा वैकल्पिक खेलाडीमात्र रहने छन्। मंगलबार बर्मुडा जाने नेपाली टोलीमा पारससहित, अनिल मण्डल, सुवाष खकुरेल, शरद भेषावकर, प्रदीप ऐरी, शक्ति गौचन, पृथु बाँस्कोटा, बसन्त रेग्मी, विनोद भण्डारी, सञ्जम रेग्मी, अमृत भट्टराई, चन्द्र साउद, राहुल विक छन्। त्यस्तै अफिसियलमा तारिणीविक्रम शाह (व्यवस्थापक), रमन सिवाकोटी (प्राविधिक विश्लेषक), पुबुदु दासानायके (प्रशिक्षक) र सुब्रमइएम (फिजियो) छन्। क्यान अध्यक्ष टंक आङबुहाङ केही दिनपछि बर्मुडा जाने कार्यक्रम छ।
No comments:
Post a Comment