११ बैशाख, नेपालगञ्ज । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल
प्रचण्डले आसन्न भारत भ्रमणमा पनि आर्थिक एजेण्डा उठाउने बताउनु भएको छ । जनआन्दोलन दिवशको अबसरमा शहिद सेतु विकको
पुनः निर्माण गरिएको शालिकको अनावरणपछि प्रचण्डले सम्पूर्ण नेपाली एकजुट भई
देशको आर्थिक विकासमा लाग्नु नै शहिदप्रतिको सच्चा सम्मान हुने बताउनु भयो
।
चीन भ्रमणका क्रममा नेपाललाई समृद्ध बनाउने योजना चीन सरकारले दिएको भन्दै उहाँले निकट भविष्यमै हुने भारतमा ठूला जलविद्युत आयोजनाको
निर्माण, लुम्विनीको विकास, मध्यपहाडी राजमार्ग र प्रमुख शहरहरुलाई
व्यवस्थित गर्नेजस्ता आर्थिक एजेण्डा अघि सार्ने बताउनु भयो । प्रचण्ड
बैशाख १५ गते भारत भ्रमणमा जाने कार्यक्रम छ ।
शान्ति प्रक्रिया टुंगो लागिसकेको भन्दै
उहाँले संविधानसभाको निर्वाचनमार्फत नयाँ संविधान निर्माणको कार्यभार पूरा
गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
राजनीतिलाई व्यवस्थापन गर्न नसकेकै कारण संविधानसभा विघटन भन्दै भन्दै उहाँले सबै दल चुनावमा केन्द्रीत हुनु पर्नेमा जोड दिनुभयो ।
No comments:
Post a Comment