काभ्रे , वैशाख ३ -
चौबिसै घण्टा हतियारधारी प्रहरी सुरक्षा रहने जिल्ला प्रशासन कार्यालय मै चोरी भयो भन्दा अपत्यारिलो लाग्ला । तर, काभ्रे प्रशासन कार्यालयमा यस्तै भयो । सोमवार राति सीडीओ कार्यालयका नागरिकता फाँटमा चोरी भएको हो । मंगलवार कार्यालय खुलेपछि मात्रै कर्मचारीले थाहा पाएका थिए । 'तीनवटा एलसीडी मोनिटर, १ वटा सीपस्यू चोरी भएको छ', नागरिकता फाँटका बलराम हाछेँथुले भने 'झर्यालको गि्रल उप्काएर चोर छिरेको देखियो ।'
प्रशासनका कर्मचारीलाई सरसफाई गर्ने श्याम बहादुर पोडेले नागरिकता फाँट चोरी भएको खवर गरेका थिए । चोरी को खवर पाएलगत्तै प्रमुख जिल्ल्ाा अधिकारी ऋषिराम ढकाल र जिल्ल्ाा प्रहरी प्रमुख एपी कमल घर्तीले घटनास्थलको अवलोकन गरेका थिए ।
'घटनालाई गम्भीर रुपमा लिएका छौ' प्रजिअ ढकालले भने 'तुरुन्तै अनुसन्धान थालेर चोरी पत्ता लगाउन प्रहरीलाई निर्देशन दिएको छु ।' चोरी भएपनि नागरिकता बनाउने काम निर्वाध रुपमा संचालन गरिएको उनले बताए ।
नयाँ भवन बनाउन पुरानो भवन भत्काएपछि एक बर्ष अघि अस्थायी रुपमा धुलिखेलमा दुईवटा घर भाडामा लिएर कार्यालय संचालन हुँदै आइरहेको छ ।
सिडिओ कार्यालयको सुरक्षार्थ प्रहरी हवल्दारको कमाण्डमा ५ जना हतियारधारी प्रहरी खटिएका छन । 'घटनाको अनुसन्धान थालिसकेका छौ' जिल्ला प्रहरी प्रमुख घतीले भने 'अनुसन्धानमा कुनै कसुर बाँकी राख्दैनौ । छिट्टै दोषी पत्ता लगाई कारवाहीको दायरामा ल्याउने छौ ।'
No comments:
Post a Comment