सोलुखुम्बु, वैशाख १ -
सोलुखुम्बुको गुदेलमा एक पर्यटकमाथि कुटपिट गर्नुका साथै निजको साथमा रहेको विभित्र सामग्री लुटिएको छ ।
लुक्लाबाट सङ्खुवासभाको तुम्लिङटार हिँडेका न्युजिल्यान्डका ती नागरिक
बाटो नचिनेर जङ्गलमा पुगेको बेला लुटिएको प्रहरी नायब उपरीक्षक सुदनसिंह
बस्नेतले जानकारी दिए । प्रनाउ बस्नेतका अनुसार शुक्रबार लुटिएका पर्यटकलाई
आइतबार हेलिकोप्टरमार्फत उद्धार गरी काठमाडौँ लगिएको छ ।
लुटेराहरूले पर्यटकमाथि कुटपिट गर्नुको साथै उनको साथमा रहेको निकोन
क्यामरा, स्लिपिङ ब्याग, ज्याकेट, दुई हजार ५०० नगद र एक हजार ५००
डलरबराबरको सामान लुटेका छन् । पर्यटकको टाउकामा गम्भीर चोट लागेकाले
स्थानीय स्वास्थ्य संस्थामा उपचार गरी आज हेलिकोप्टरमार्फत काठमाडौँ लगिएको
हो ।
लुटेराको व्यापक खोजी भइरहेको पनि प्रहरी नायब उपरीक्षक बस्नेतले जानकारी दिए ।
No comments:
Post a Comment