Total Pageviews

Saturday, April 13, 2013

१२ वर्षपछि गुड्यो साझा बस

ज्ञान न्यौपाने, काठमाडौं, चैत ३१- सर्वसाधरणको सुविधामा समर्पित भनिएको साझा बस शनिवारदेखी उपत्यकाकामा गुड्न सुरु गरेको छ। दशकौं लामो इतिहास बोकेको साझाको उदघाटन नेपाल सरकारका मुख्यसचिव लिलामनी पौडेलले गरे। काठमाडौं र ललितपुरका केही भागलाई समेटी दुइरुटमा सञ्चालन भएको बसमा शनिवार सर्वसाधरणलाई निशुल्क रुपमै सेवा दिइएको छ। कलंकी, कालिमाटी, त्रिपुरेश्वर, नयाँ वानेश्वर, सिनामंगल हुदै एयरपोट र लगनखेल, जावलाखेल, त्रिपुरेश्वर, जमल, लैनचौर, टिचिङ अस्पताल, महाराजगन्ज हुदै नयाँ बसपार्क (गोंगोबु) दुई रुटमा बस सञ्चालन भएका हुन।
टिकट प्रणलीबाट कम्तीमा १५, १७ र २० साधारण भाडा र विद्याथी, अपाङ्ग, बद्धबृद्धालाई रु १० मा यात्रा गराउने साझाले जनाएको छ।
दुवै रुटमा साझाले १६ वटा यूरो-३ मापदण्डका बस सञ्चालन गरेको हो। राजनीतिक किचलो र निकम्मा व्यवस्थापनका कारण १२ वर्षअघि बन्द भएको साझा सर्वप्रथम सुरुवात भएको ५१ वर्ष पार गरिसकेको छ। शनिवार साझाको पुरानै कार्यालय ललितपुरको हरिहरभवनबाट बसहरु चल्न सुरु भए भने आधिकारिक रुपमा वैशाख १ देखि सेवा प्रदान गर्नेछ। बस दैनिक विहान पाँच बजेदेखि राती ११ बजेसम्म चल्ने साझाले बताएको छ। उदघाटन कार्यक्रममा बोल्दै मुख्यसचिव पौडेलले लामो समयपछि पुन साझा यातायात सञ्चालन गर्न पाउँदा रमाइलो लागेको बताए। 'नेपाली एक उखान जस्तै १२ वर्षपछि सेवा फर्किएको छ,' उनले मन्तव्यका क्रममा भने। बसमा रु १५ रुपैयाँले मह जोडी (मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य) सँग टिकट किनेर पौडेल बसमा सवार भएका थिए। यो सँगै बस सञ्चालन भएको थियो।
साझाका अनुसार जम्मा बसमा ६० जना चालक र सहचालकहरु रहेका छन्। महिला जनशक्तिलाई भएसम्म अवसर दिने भनेकाले ६ जना महिला सहचालकको पनि नियुक्ती गरेको छ। दुइ रुटमा आठ/आठ वटा बस गुडाउने साझाले योजना बनाएको छ। ५१ वर्षअघि सरकारले स्थापना गरेको साझा बस ०५८ सालमा विघठन भएको थियो। ०६७ सालमा सहकारीको रुपमा पुनःस्थापित साझका ५४ सिटे बस सञ्चालनमा छन्।

आइतबारदेखि नेपाल सरकारले व्यवस्था गरेको साधारण भाडामै सर्वसाधरणले यात्रा गर्न पाउने जानकारी साझाले गरायो। बसमा दुईवटा सिसिटीभि क्यामेरा र एक वटा मनोरञ्जन तथा सूचनाका लागि टिभी स्क्रिन फिटिङ गरिएको छ। साझाले आफ्नै लगानीमा प्रति बस ३३ लाख ३६ हजारमा लागत परेको बताएको छ। सबै बसमा एउटा भित्र छिर्ने र एउटा बाहिर झर्ने ढोका रहेका छन्। दुबै ढोका चालकले नियन्त्रण गर्न सक्नेछन्।

No comments:

Post a Comment