सोल (दक्षिण कोरिया), वैशाख १० -
१९ वर्षअघि कोरिया आएका काठमाडौं-१५ भुइँखेलका अनिलकुमार अधिकारीको
अत्तोपत्तो छैन । पर्यटकका रूपमा २०४८ असोज २५ मा कोरिया आएका उनी २०५०
देखि सम्पर्कविहीन भएका हुन् । 'धन कमाएर ल्याउँछु' भन्दै कोरिया आएका उनको
खबर नपाउँदा परिवार चिन्तित छ । उनलाई पर्खंदापर्खंदै बुबाको मृत्यु
भइसकेको छ भने भाइ र वृद्ध आमा उनको बाटो हेरिबसेका छन् ।
सम्पर्क गर्न छाडेदेखि खोजी गरिरहेको दिदी सिर्जना अधिकारीले बताइन् । होटल व्यवसाय गर्दागर्दै पोखराका डेभिड सुवेदीको सहयोगमा १५ दिने भिसा लिएर अनिलकुमार कोरिया छिरेको उनले फोनमा बताइन् ।
केही महिनाअघि काठमाडांैका राजीव कँडेलले सोल मोकदोङस्थित केन्द्रीय अध्यागमन विभागमा जाहेरी दिएका थिए । तस्बिर र अन्य विवरणसहित दिइएको निवेदनपछि एक महिना लामो अनुसन्धान गरी विभागले 'कोरियाबाट हालसम्म बाहिर नगएको र बन्दीगृहमा पनि नरहेको' जानकारी दिएको छ । बाहिरिएको नदेखिएपछि यहाँको मानसिक अस्पताल एसोसिएसनको सहयोगमा खोजी गर्दा 'अस्पतालमा कुनै नेपाली नपाइएको' कँडेलले बताए ।
केही समय कोरियाली अध्यागमन विभागमा नेपाली भाषा अनुवादक काम गरेका कँडेलले विभागमा हवाईमार्गबाट बाहिरिनेको मात्र तथ्यांक हुने भएकाले 'अनिल कोरियामै रहेको वा पानीजहाजबाट अन्य मुलुकमा गएकोे' भन्नेबारे अन्योल रहेको बताए । त्यसताका दलालमार्फत जहाजबाट अवैधानिक रूपमा जापान जाने गरिन्थ्यो ।
त्यसैगरी पाँचथर एकतीन-५ का रवीन्द्र जबेगु पनि ९ वर्षदेखि कोरियाको आनसान सहरबाट बेपत्ता छन् । २०४८ मा पर्यटकका रूपमा कोरिया छिरेका उनी २०६१ बाट सम्पर्कविहीन भएका हुन् । रवीन्द्रका भाइ सुरेन्द्रका अनुसार २०६१ सम्म परिवारसँग फोन सम्पर्कमा रहे पनि त्यसपछि भने कुराकानी भएको छैन । उनी पूर्वसहायक मन्त्री मनबहादुर जबेगुका काइँला छोरा हुन् । 'रवीन्द्र आनसानको एक कम्पनीमा काम गथ्र्यो र एक कोरियन महिलासँग उनको प्रेम सम्बन्ध पनि थियो,' लामो समयदेखि आनसानमा बस्दै आएका अमर लिङदेनले भने । उनले व्यापक खोजी गरे पनि पत्ता लगाउन नसकिएको बताए ।
२०४८ मै कोरिया आएका किराँत याक्थुङ चुम्लुङ कोरियाका पूर्वअध्यक्ष नारद साम्मेखाम लिम्बुले रवीन्द्रलाई २०६१ को माघमा एक कोरियन महिलाले देखेको तर त्यसपछि कतै देखा नपरेको बताए । बेपत्ता भएका दुवैका परिवारले व्यक्तिगत रूपमा खोजी गरे पनि सरकारीस्तरमा कुनै निवेदन दिएका छैनन् । सोलस्थित नेपाली दूतावासका एक अधिकारीले बेपत्ता भएका परिवारले परराष्ट्र मन्त्रालयअन्तर्गतको कन्सुलर कार्यालय वा सोलस्थित नेपाली दूतावासमा निवेदन दिए प्रक्रिया अघि बढ्न सक्ने बताए ।
यस्तै ०४९ सालमा सोलको छायाङदोङबाट घान्द्रुक किम्जेकी चन्द्रा गुरुङ बेपत्ता भएकी थिइन् । उनलाई साढे छ बर्षपछि योङगीनको एक मानसिक अस्पतालबाट उद्धार गरिएको थियो । कोरियाली भाषा नजानेकै कारण्ा मानसिक सन्तुलन ठीक नभएको भन्दै प्रहरीले पका्रउ गरेको तथ्य चन्द्रा मुक्त भएपछि खुलेको थियो ।

No comments:
Post a Comment