वासिङटन, वैशाख ६ (एजेन्सी) - विगत केही दिनदेखि लगातार अप्रिय घटनाको
सहँदै गरेको अमेरिकामा आज पनि गोलीकान्ड भएको छ। म्यासाच्युसेट्स
इन्स्टिच्युट अफ टेक्नोलोजी (एमआइटी) क्याम्पस नजिकै गोली हानेर एक
सुरक्षाकर्मीको हत्या गरिएको छ।
गोली चलेको क्याम्पस अस्तिको दिन म्याराथन हुँदा बम पड्केर तीन जनाको ज्यान गएको बोस्टन नजिकै पर्छ।
क्याम्ब्रिज प्रहरीका अनुसार धेरै वटा गोली लागेर घाइते भएका उनलाई अस्पतालमा लगिएको थियो। अस्पतालले उनलाई मृत घोषणा गरेको थियो।
गोली कसले चलाएको भन्ने बारे अझै केही थाहा हुन सकेको छैन। प्रहरीको आपतकालीन सेवा टोलीले घटनास्थललाई घेरा हाली खोजी गरिरहेको छ। विश्वविद्यालयले आफ्नो आधिकारिक वेबपेजमा स्थिति अझै खतरनाक रहेको भन्दै विद्यार्थीहरुलाई बाहिर ननिस्कन सचेत गराएको छ। बन्दूकधारीसँग विस्फोटक पदार्थ समेत रहेको शंका गरिएको छ।

No comments:
Post a Comment