Total Pageviews

Wednesday, April 17, 2013

गुण्डानाइकेलाई अत्याधुकिन हतियारको अनुमति

काठमाडौ, वैशाख ५ - जिल्ला प्रशासन कार्यालय (जिप्रका) काठमाडौले राजधानीका एक गुण्डानाइकेलाई अत्याधुनिक बन्दुक राख्ने अनुमति दिएको खुलासा भएको छ ।
जिप्रकाले २०६९ वैशाख २६ मा गोंगुब वसपार्क क्षेत्रलाई आधार बनाइ गुण्डागर्दै आइरहेका वाइसिएल कार्यकर्ता यमबहादुर थापालाई जिएसजी-५ -.२२ क्यालिवर) नामक जर्मनी-निर्मित अर्धस्वचालित बन्दुक राख्ने अनुमतिपत्र दिएको हो । सदिक्षा गौचनको नाममा २०६९ वैशाख १३ मा अनुमतिपत्र जारी गरिएको उक्त बन्दुक १३ दिनपछि जिल्ला सुरक्षा समितिको सिफारिसबाट थापाको नाममा नवीकरण भएको हो ।
उक्त घातक हतियार विभिन्न आपराधिक उद्देश्यका लागि प्रयोग गर्दै आएको स्थानीयवासीको सूचनाका आधारमा ताकलुङ-३, गोर्खा घर भइ हाल बालाजु मित्रनगरमा बस्ने थापालाई मंगलबार राती डेराकोठाबाटै पक्राउ गरिएको हो । थापाले नै बोक्दै आएको केएफ ९८ लेखिएको एउटा अवैध सिक्सर पेस्तोल उनकी साली पर्ने अलिषा गुरुङको कोठाबाट वरामद भएको छ ।
जिएसजी-५ बन्दुकसँगै वरामद भएको ५३ राउण्ड गोली पनि अवैध भएको पाइएको छ । कम्पनी मूल्य ५ सय ४९ डलर भएको उक्त बन्दुक नेपाल ल्याउँदा झण्डै २ लाख रुपैयाँ लाग्छ । सेना समायोजन हुनुअघि कुनै बेला नवलपरासीस्थित लडाकु शिविरको इच्छुक मेमोरियल बटालियनका सेक्सन कमाण्डर र पछिल्लो समय वाइसिएलका लागि गोंगुब वसपार्क क्षेत्र इन्जार्च रहेका थापासँगै अलिषाबाहेक रुद्र दाहाल र पंकज मल्ल पनि पक्राउ गरेका छन् । उनीहरुको साथबाट चक्कु र तरबारहरु समेत बरामद भएको छ ।
पत्निको नाममा 'ग' श्रेणीको ठेकेदार अनुमतिपत्र लिएका थापाले दाहाल र पंकजलाई साथमा लिइ ठेक्कामा दादागिरी र वैदेशिक रोजगारवालाहरुसँग असुली गर्दै आएको अनुसन्धान अधिकृतहरु बताउँछन् । उनीहरुबाट दश वटा राहदानी र आर्थिक लेनदेनका तमसुकहरु पनि वरामद भएका छन् ।
हात हतियार खरखजाना ऐन २०१९ मा व्यवस्था भए बमोजिम कुनै नेपाली नागरिकलाई आत्मरक्षा प्रयोजनका लागि स्वीकृत हतियार आवश्यक परेमा प्रमुख जिल्ला अधिकारी -प्रजिअ) समक्ष निवदेन दिनुपर्छ । प्रजिअ प्रमुख रहने जिल्ला सुरक्षा समितिले निवेदकमाथिको सुरक्षा चुनौती, पृष्ठभूमि र आवश्यकतालाई मध्यनजर गरी हतियार अनुमतिपत्रका लागि सिफारिस गर्ने नगर्ने निर्णय गर्छ । समितिको सिफारिस निर्णयका आधारमा गृह मन्त्रालयले अनुमतिपत्र जारी गर्दछ ।
जिल्ला सुरक्षा समितिका सदस्यहरुमा नेपाल प्रहरी, शसस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभागका जिल्ला प्रमुख र  नेपाली सेनाका स्थानीय इकाइका प्रतिनीधि एवम् सदस्य सचिवमा सहायक प्रमुख जिल्ला अधिकारी रहन्छन् । कुनै व्यक्तिले हतियार अनुमतिपत्रका लागि योग्यता पुर्‍याएर दरखास्त दिएपछि जिल्ला सुरक्षा समितिले तल्लोतहसम्म पुगी निवदेकमाथि सुरक्षा चुनौती भए नभएको र उसको व्यक्तिगत, सामाजिक चरित्र ठिक भए नभएको विषयमा अनुसन्धान गर्दछ ।
राजधानीका गुण्डानाइकेहरुसँग ठूलो संख्यामा अत्याधुनिक हतियार हरु रहेको आकंलन भइरहेका बेला थापासँग वैध र अवैध दुवै खाले हतियार भेटिएको हो । थापाजत्तिको मान्छेको पृष्ठभूमिलाई वेवास्ता गर्दै हतियार अनुमतिपत्र दिइनुलाई अधिकारीहरुको अनुसन्धानको विषय मान्छन् । 'कानुनमा उल्लेख भएविपरित हतियार को दुरुपयोग गरे कारवाहीको व्यवस्था छ, तर गुण्डा नाइकेले सदुपयोग गर्लान भनेर कसरी ठहर गरियो होला?' उनीहरु भन्छन् ।
रत्नराज पाण्डे काठमाडौंको प्रमुख जिल्ला अधिकारी भएका बेला थापाले हतियार अनुमतिपत्र पाएका हुन् । नयाँ हतियार किन्ने गरी इजाजत लिनुभन्दा कसैको स्वामित्वमा भएका हतियार किन्ने गरी अनुमति लिन सजिलो हुने बुझाइसमेत रहेका पाइन्छ । आफ्नो नाममा हतियार अनुमितपत्र लिंदै पछि अरुलाई बेच्ने धन्दासमेत चल्ने गरेको अधिकारीहरु बताउँछन् ।
'हामी यो केसलाई विभिन्न कोणबाट अनुसन्धान गर्दैछौं,' महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक रणबहादुर चन्दले भने । महानगरीय प्रहरी अपराध महाशाखा र परिसरको संयुक्त अपरेसनका क्रममा थापा र उनका सहयोगी हतियार सहित पक्राउ परेका हुन् ।
अनुसन्धान अधिकृतहरु थापा स्वयमििो वयानबाट अचम्भित भएका छन् । 'उनी यो हतियार सिडिओ र तत्कालीन हनुमानढोका प्रमुखसँग समेत भएका बताउँदैछन्,' एक अधिकृतले भने, 'उनलाई हतियार अनुमतिपत्र दिलाउन राम्रै सेटिङ भएको बुझ्न सकिन्छ ।'
'कोही व्यक्ति वैध रुपमै हतियार लिएपछि वेठिक लाइनमा लागेको हुनसक्छ,' काठमाडौंका वर्तमान प्रजिअ चुडामणि शर्मा भन्छन्, 'तर वैध हतियार राखेर अवैध काम गर्न पाईंदैन । एउटा वैध हतियार भएको भरमा अर्को अवैध हतियार राख्न पनि पाईंदैन ।'
थापाको धेरै वर्षदेखिको पृष्ठभूमि वैध हतियार को लागि लायक नभएको अधिकारीहरुको दाबी छ ।
थापालाई हतियार अनुमतिपत्र दिंदा पृष्ठभूमि मूल्याकंन राम्ररी नभएको भन्ने विषयमा प्रश्न गर्दा शर्माले भने-'यस्तो कुरामा विचार पुर्‍याउनुपर्छ ।'
गोर्खा घर भएका थापालाई मुद्दामा सजिलो पारी उन्मुक्ति दिलाउनका लागि एनेकपा -माओवादी) का नेताहरुले बुधबार दिनभर नै प्रहरी अधिकारीहरुलाई दबाब दिएका थिए । 'हामी जो भए पनि छोड्दैनौं,' चन्दले भने ।

No comments:

Post a Comment