बझाङ, वैशाख २ -
सदरमुकाम चैनपुरमा रहेको महिला सेफहाउसमा सातादेखि बस्दै आएकी एक गर्भवती युवती सेफहाउसमै सुत्केरी भएपछि बिचल्लीमा परेकी छन् ।
लुयाटा गाविस बस्टीकी २० वर्षीया ललिता सिंह शुक्रबार बिहान सेफहाउसमै सुत्केरी भएपछि उनको जिम्मा लिने कोही नहुँदा अलपत्र परेकी हुन् ।
स्थानीय उच्च माविमा कक्षा ११ पढ्दै गर्दा ललिता बिहे नगरी गर्भवती भएपछि उनका बुबा, आमा र आफन्तले केही दिनअघि घरबाट निकालेका थिए । त्यसपछि उनी सदरमुकामको सेफहाउसमा बस्तै आएकी थिइन् । गर्भ राख्ने केटाको नाम ललिताले भन्दा केटा पक्षकाले अस्वीकार गर्दा सेफहाउसमै सुत्केरी हुनुपरेको हो । ललिताले आफ्नै गाउँका २१ वर्षीया तपेन्द्र सिंहसँगको अवैध यौनसम्पर्कबाट गर्भ रहेको बताएकी छन् । बुबाआमाले घरबाट निकालेर १० महिनाको गर्भ बोकेर सदरमुकाम आएकी उनलाई महिला अधिकारकर्मीले सेफहाउसमा राखेका थिए । केटीले गर्भ तपेन्द्रको बताएपछि महेन्द्रनगरमा बीबीएस पढ्दै गरेका उनलाई घर बोलाएको छ । 'हाँसखेल गर्दा तपेन्द्रसँग यौनसम्पर्क गरेकै हो,' ललिताले भनिन्, 'उनकै गर्भ हो भनेर म पनि चुप लागेर बसेँ तर अहिले उनले होइन भनेपछि बिचल्लीमा परेँ ।'
तपेन्द्रका अभिभावक काकी नाता पर्ने ममता सिंहले आफ्नो भतिजको गर्भ नभएको र त्यत्तिकै आरोप लगाएको बताएकी छन् । ललिताको घटनाको जिल्लामा चर्चा चलेपछि महिलाहरूले पीडितले न्याय पाउनुपर्ने भन्दै जिल्ला तथा केन्द्रका अधिकारकर्मी गुहार्न थालेका छन् ।
घटनाबारे महिला अधिकारकर्मी सपना मल्ल प्रधानले थाहा पाएपछि यहाँका वकिललाई फोन सम्पर्क गरी पीडितको नाता प्रमाणित गर्न जिल्ला अदालतमा मुद्दा दर्ता गर्न सुझाव दिएको कानुन व्यवसायी शिवराज जोशीले बताए । तपेन्द्रले भने ललितासँग सामान्य बोलचाल हुने गरेको तर कहिल्यै उठबस नभएको दाबी गरेका छन् ।

No comments:
Post a Comment