Total Pageviews

Monday, April 15, 2013

अग्नि पीडितका दैलोमा नेताको लाइन

मदन ठाकुर, रौतहट वैशाख २- रौतहटमा भएको आगलागी पीडितको घरदैलोमा पुग्न नेताहरुलाई भ्याइ नभ्याइ भएको छ। देश निर्वाचनमा जान सक्ने सम्भावनलाई ध्यानमा राख्दै यतिबेला पूर्व प्रधानमन्त्री, मन्त्री, नेता तथा पूर्व सरकारी अधिकारीहरू पीडितका घरदैलोमा पुग्न हतारिएका हुन्। उनीहरूले आ-आफ्नो क्षमताअनुसार राहत सामग्री समेत बितरण गरेका छन्। पीडितलाई राहत प्रदान गर्ने भन्दै आइतबार आगलागी भएको स्थानमा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले निरिक्षण गरी तत्कालका लागि ६५ थान कम्बल र करिव १० क्विन्टल चामल सहयोग गरेका छन्। यसैगरी पूर्व प्रहरी महानिरिक्षक प्रदीप शम्सेर जबराले पीडितलाई खाद्यान्न, लत्ताकपडा तथा भाँडाकुडा बितरण गरेका छन्। पूर्व मन्त्री प्रभु साहले पनि सोही स्थानमा खाद्यान्न बितरण गरे। घरदैलोमा पूर्व प्रधानमन्त्री, नेता एवं पूर्व उच्च सरकारी अधिकारी झुम्मिएपछि स्थानीय निकै सन्तुष्ट छ। क्षतिअनुसार राहत रकम दिन स्थानीय तुफैल अन्सारी माग गरे।शनिवार आगलागी हुँदै गर्दा नै पूर्व कानून मन्त्री प्रभु साह घटनास्थल पुगेका थिए भने त्यस लगतै एकीकृत माओवादीका सभासद देवेन्द्र पटेल पुगेका थिए। आइतवार बिहान कांग्रेसका पूर्व सभासद कृष्णा यादव, गोबिन्द चौधरी पीडितको घरदैलोमै आए। यसैगरी आगलागी भएको खबर सुनेर आएको भन्दै पूर्व प्रहरी महानिरिक्षक प्रदिप शमसेर जबराले पनि पाल टाँगेरै राहत बाँड्न भ्याए। जबरा रौतहटमा संचालनमा रहेको बाबा डिस्ट्रीलरी का संचालक साझेदार हुन्। 'मेरै गाँउ ठाँउमा आगलागी भएको रै'छ। बेलुकी समाचारमा सुनेर काठमाडौंबाट बिहानै रौतहट आएको हुँ', जबराले भने।

स्थानीयले यसरी नेता तथा उच्च अधिकारीहरुको लाग्नुमा चुनावको पनि तयारी हुन सक्ने अड्कल लगाएका छन। गत वर्ष रौतहटको पोठियाही गाविसको दलीत (मुसहर) बस्तीमा १६ घर जलेर खरानी हुँदा नेताहरुले वास्ता गरेका थिएनन्।

नेपाली कांग्रेसका जिल्ला सभापति तथा पूर्व सभासद कृष्णप्रसाद यादवले विगतमा गाउँघरमा भएका घटनाहरुमा नेताहरु नपुगेको स्वीकार्दै हालै बसविटी जिगडिया, रघुनाथपुर गाविसमा भएको विनाशकारी आगलागीपछि राहतका लागि नेताहरु गाउँमा पुग्नुलाई स्वभाविक रुपमा लिनु पर्ने बताउँछन्।

शनिवार बसबिटी जिगडिया-८ र ९ तथा रघुनाथपुर- ३ र ४ मा भिषण आगलागी हुँदा झण्डै सय घर जलेर नष्ट भएका थिए। आगलागीका कारण झण्डै आठ करोड बराबरको धनमाल नष्ट भएको छ। रघुनाथपुरमा ७० घर तथा केहि गोठ र वसविटि जिगडिया गाबिसमा २९ घर र केहि गोठमा आगलागी भएको जिल्ला प्रहरीले जानाएको छ।

No comments:

Post a Comment