पोखरा, वैशाख २ -
गैरकानुनी रूपमा अव्यवस्थित तवरले राखिएका फुटपाथ पसल हटाइएपछि 'बेरोजगार'
बनेका व्यवसायीलाई नयाँ ठाउँ उपलब्ध गराइएको छ । पोखरा उपमहानगरपालिले
पृथ्वीचोक बसपार्कअघिको कृषि सामग्री संस्थान, नयाँ बजारस्थित नेपाल
औद्योगिक विकास निगम र कृषि विकास बैंकको जग्गा भाडामा लिएर फुटपाथ
व्यवसायीलाई उपलब्ध गराएको छ ।
पृथ्वीचोकमा ४ सय, नयाँ बजारमा ३ सय २०, अमरसिंह चोकमा ४०, बागलुङ बसपार्कमा १६ र ड्यामसाइडमा ७ व्यवसायीलाई व्यवस्थापन गरिएको उमनपाका कार्यकारी अधिकृत झलकराम अधिकारीले बताए । 'अहिले ती स्थानमा भौतिक निर्माण, स्टल बुकिङ र अन्य पूर्वाधारको काम भइरहेको छ,' अधिकारीले भने, 'फुटपाथ व्यवसायीको व्यवस्थापन करिब भइसकेको छ ।' फुटपाथ व्यवसायीको व्यवस्थापन गर्न बनेको समितिका संयोजक उनले झन्डै ८ सयभन्दा बढीलाई व्यवस्थापन गरिने जनाए ।
जग्गा पाइएपछि व्यवसायीले पृथ्वीचोकमा पोखरा हङकङ बजार र अन्यत्र सस्तो बजार नाम दिएर व्यवसाय थालेका छन् । 'पृथ्वीचोकमा आइतबारसम्म १ सय २० र नयाँ बजारमा १ सय ५५ फुटपाथ पसलेले व्यवसाय सुरु गरिसकेका छन,' राष्ट्रिय उद्योग व्यापार महासंघका केन्द्रीय सचिवालय सदस्य राजकुमार सुवेदीले भने, 'बाँकीको टहरा बनिरहेको र सामान आई नसकेकाले केही दिनमै व्यवसाय सुरु हुन्छ ।' हङकङ बजारको आइतबार अधिकारीले उद्घाटन गरे ।
पृथ्वीचोकमा कृषि सामग्री संस्थानको नन्दुलाल तिवारीले भाडामा लिएको करिब ९ रोपनी जग्गा तीन वर्षका लागि व्यवसायीलाई भाडामा दिइएको
हो । मासिक भाडा १ हजार २ सय र १ हजार ८ सय रुपैयाँ रहेकामा बर्सेनि ८ दशमलव ३३ प्रतिशतले वृद्धि गर्दैर् सम्झौता पनि नवीकरण गरिने सुवेदीले बताए । नयाँ बजारमा भने मासिक भाडा २ हजार रुपैयाँ तोकिएको छ ।

No comments:
Post a Comment