१५ वैशाख, काठमाण्डौं । ढल्कु ओरालोमा
पर्ने हरियो गेट भन्ने ठाउँमा एउटा चियापसल छ । बाहिरबाट हेर्दा राजधानीका
अन्य चियापसलजस्तै यो सामान्य देखिन्छ । तर, वास्तविकता फरक छ । चियापसलको
आवरणमा त्यहाँ यौनधन्दा चल्ने गरेको खुलेको छ ।
प्रहरीले
सोही चियापसलमा छापा हानी सञ्चालक राजु थापासहित चार युवतीलाई पक्राउ
गरेको छ । गोप्य सूचनाको आधारमा महानगरीय प्रहरी प्रभाग सोह्रखुट्टेले
दुईसाताअघि छापा हानी गोप्य यौनधन्दाको पर्दाफास गरेको हो ।
‘ग्राहक बाहिर चिया खाएर लाइनमा बस्दा
रहेछन्,’ सोह्रखुट्टे प्रभाग प्रमुख इन्स्पेक्टर कवित कटवालले भने,
‘प्रहरीले सुइको नपाओस भनेर यसरी चियापसलको आवरणमा अवैध धन्दा हुने गरेको
खुलेको नयाँ पत्रिकामा खबर छ ।
अस्पतालमा पनि यौन धन्दा
चियापसलमा मात्र नभई अस्पतालमा समेत
यौनधन्दा हुने गरेको प्रहरीको भनाई छ । ठमेलको ज्याठास्थित एक चिनियाँ
अस्पतालबाट केही समयअघि यौनधन्दामा संलग्नलाई प्रहरीले पक्राउ गरेको थियो ।
सो अस्पताल अहिले पनि प्रहरीको निगरानीमा रहेको इन्स्पेक्टर कटवालले बताए ।
बाहिर ताल्चा लगाएर धन्दा
ठमेलको नर्सिङकोच भित्र रहेको झझल्को
रेस्टुरेन्टमा शुक्रबार बेलुका प्रहरी पुग्दा रेस्टुरेन्टको कोठामा
बाहिरबाट ताला लगाइएको थियो । तर, कोठाभित्र बत्ती बलिरहेकेा थियो ।
सोह्रखुट्टे प्रहरी प्रभागबाट खटिएको टोली रेस्टुरेन्टमा पुग्दा कोठाहरु
बन्द रहेको भन्दै रेस्टुरेन्ट कर्मचारीले प्रहरीलाई फर्काउन खोजेको थिए ।
तर, शंका लागि ढोका खोल्न लगाउँदा युवायुवती रंगेहात पक्राउ परेको प्रहरीले
जनाएको छ । प्रहरीले रेस्टुरेन्टका सञ्चालक प्रमोद श्रेष्ठसहित ६ युवती र
एक युवकलाई पक्राउ गरेको थियो । ग्राहक भनेर पुगेका युवा प्रहरीलाई धकेल्दै
बाहिर निस्किएका थिए ।
No comments:
Post a Comment