Total Pageviews

Tuesday, April 16, 2013

गुडिरहेको कारमा ढुंगा लाग्दा टुरिष्ट गाइडको मृत्यु

चितवन, वैशाख ३ - नारायणगढ मुग्लिन सडक खण्डको जलबिरे भन्ने स्थानमा मंगलबार बिहान गुडिरहेको कारमा सडक भन्दा माथिको डाँडाबाट खसेको ढुंगा लागेर एक जनाको मृत्यु भएको छ ।
 अन्य तीन जना घाईते भएका छन् । मृत्यु हुनेमा सिन्धुपाल्चोकका टुरिष्ट गाइड सन्तोष तामाङ हुन् । ईलाका प्रहरी कार्यालय मुग्लिनका हवल्दार हरी भट्टका अनुसार नारायणगढबाट पोखरा जाँदै गरेको बा १ ए ८८७ नम्बरको कारमा ढुंगा खसेर लागेको थियो । घाईते हुनेहरुमा ३ जना क्यानेडियन नागरिक छन् । घाईतेको अबस्था समान्य रहेको र कारको अघिल्लो भागमा पूर्ण रुपमा क्षति पुगेको प्रहरीले जनाएको छ ।

No comments:

Post a Comment