Total Pageviews

Monday, April 15, 2013

नेपालीसहित १७ को ज्यान लिनेगरी गरिएको विस्फोटमा दोषी ठहर

पुणेँ, वैशाख, २ (नागरिक)– नेपालीसहित १७ जनाको ज्यान जाने गरी भारतको पुणेँमा गरिएको बम विस्फोटनमा संलग्नता रहेको आरोप लागेका ३१ वर्षीय हिमायत वैगलाई अदालतले दोषी ठहर गरेको छ। नेपालीले सञ्चालन गरेको यहाँको चर्चित जर्मन बेकरीमा विस्फोट हुँदा १७ को ज्यान गएको थियो भने ५७ घाइते भएका थिए। घटनाको तीन वर्षपछि पुनेको स्थानीय अदालतले दोषी रहेको ठहर गरेको भए पनि दण्ड भने सुनाएको छैन। तीन दिनपछि दोषीमाथि के सजाय हुने हो घोषणा हुने हिन्दुस्तान टाइम्सको अनलाइन संस्करणले जनाएको छ।

गत मार्चमा विपक्षीको बहस सकिएको थियो। १ सय ३ प्रत्यक्षदर्शीको वयानपछि अदालतले यस्तो निर्णय सुनाएको हो।

घटनामा संलग्नता रहेको आरोप लागेका अन्या पाँच मोहसिन चौधरी, यसिन भतकाल, रियाज भतकाल, इकवाल भतकाल र फियाज काज्गीबारे फैसला हुन बाँकी छ।
२०१० को फेब्रुअरी १४ मा वम विस्फोट गराइएको थियो। विस्फोटमा परेको बेकरी नुवाकोट स्थायी घर भएका गोपाल कार्कीले सञ्चालन गरेका थिए। त्यहाँ काम गर्नेहरु पनि नेपाली नै थिए।

No comments:

Post a Comment