Total Pageviews

Saturday, April 13, 2013

नयाँ वर्षमा नुहाउन गएका वागमतीमा डुबे

मदन ठाकुर, गौर, वैशाख १ - नयाँ वर्षको बिहानै वागमतीमा नुहाउन गएका तीन किशोरको डुबेर मृत्यु भएको छ। वसतपुर ४ का १८ वर्षीय किसन झा, १७ वर्षीय दीपक झा र १८ वर्षका ऋतेष झा वागमतीमा नुहाउन गएका थिए। तीनैजना डुबेपछि स्थानीयले उद्दार गरेका थिए।
  उनीहरुलाई अस्पताल लैजाने क्रममा एकको बाटोमै मृत्यु भयो। बाँकी दुई जनाको जिल्ला अस्पताल गौरमा उपचार हुँदा हुँदै मृत्यु भएको छ। मृतकका परिवार र स्थानीयल उपचार राम्रोसँग नगरेको भन्दा अस्पतालमा तोडफोड गरेका छन्।

No comments:

Post a Comment