अहिले केमा व्यस्त हुनुहुन्छ ?चलचित्र आधी बाटोमा ।
नायिका बन्ने रहर कहिलेदेखि पलायो ?
नृत्यमा रुचि थियो, राम्रो मोडल बन्छु भन्थें, नायिका बनें ।
नायिका नभएको भए ?
कक्षा ८ मा पढ्दा नै म्युजिक भिडियोमा काम पाएँ । त्यसैले सोच्ने समय नै पाइन । सम्भवतः शिक्षिका वा बिजनेस वुमन हुन्थें होला ।
सबैभन्दा आत्मसन्तुष्टि मिलेका चलचित्र तथा म्युजिक भिडियो ?
चलचित्र ठेगाना तथा म्युजिक भिडियो आऊ मिली तथा गोरी सुन रे ।
महिलाहरूका लागि यो क्षेत्र कत्तिको राम्रो छ ?
राम्रो-नराम्रो आफूमा भर पर्ने कुरा हो ।
यस्ती राम्री हुनुहुन्छ, राम्री मान्छेलाई मन पराउने त धेरै होलान् नि ?
खोइ, मलाई त थाहा भएन ।
कत्तिको कलेज बंक गर्नुहुन्छ ?
मैले अहिलेसम्म स्कुल तथा कलेज बंक गरेकी छैन ।
भगवान्प्रति कत्तिको आस्था राख्नुहुन्छ ?
एकदमै आस्था छ ।
कुन भगवान्लाई मान्नुहुन्छ ?
शिवजीलाई । म हरेक सोमबार शिवजीको व्रत पनि बस्छु ।
तपाईंको कमजोरी ?
छिट्टै अरूको विश्वास गरिहाल्छु अनि मलाई स-साना कुराले पनि चित्त दुख्छ ।
सबैभन्दा खुसीको क्षण ?
मेरो पहिलो चलचित्र द युगदेखि युगसम्ममा राजेश हमालसँग काम गर्न पाउँदाको क्षण ।
फुर्सदको समय कसरी बिताउनुहुन्छ ?
इन्टरनेटमा समाचार पढेर अनलाइन भएर वा टिभी हेरेर ।
फेसबुकलाई कत्तिको समय दिनुहुन्छ ?
फेसबुक क्रेजी होइन तर अपडेट हुन्छु, धेरै चलाउँदिन ।
फिटनेसका लागि के गर्नुहुन्छ ?
बिहान मनतातो पानी पिउँछु, दूध खान्छु अनि दिनहुँ एउटा स्याउ खान्छु ।
अनु शाह
No comments:
Post a Comment