Total Pageviews

Wednesday, April 3, 2013

अदिति बुढाथोकी, मोडल

अदिति बुढाथोकी र्‍याम्प मोडलिङमा व्यस्त छिन् । जन्मिएपछि समाजका लागि केही गर्नुपर्छ भन्ने मान्यता राख्ने अदिति ३ वर्षदेखि मोडलिङ गर्दैछिन् । हाल स्नातक अध्ययनरत अदितिले म्यागजिनको कभर तथा विज्ञापनहरूका लागि फोटोसेसन गराएकी छिन् । चलचित्र तथा म्युजिक भिडियोका थुप्रै प्रस्ताव अस्वीकार गरेकी  अदिति अब हुने मिस नेपालमा भाग लिने योजनामा छिन् । बैंकर हुने लक्ष्य बोकेकी अदितिको रुचि फोटोग्राफीमा पनि छ । उनी हरेक शनिबार अनाथ बालबालिकाहरूका लागि खाना एवं कपडा बाँड्ने काम गर्छिन् । भविष्यमा अनाथ बालबालिकाका लागि केयर होम खोल्ने उनको लक्ष्य छ । 

No comments:

Post a Comment