Total Pageviews

Thursday, April 11, 2013

मेलामा नयाँ प्रविधि

information technology
काठमाडौ, चैत्र २८ - सूचना प्रविधिका ब्रान्डेड सामग्रीको बृहत् मेलामा प्रवेश गर्दा तपाईंको अपेक्षा के हुन्छ ? आईसीटी एसोसिएसन अफ नेपालको आयोजनामा मंगलबार सुरु भएको आईसीटी एक्सोमा भने तपाईंले अपेक्षा गरेभन्दा केही नयाँ प्रविधि पाउनुहुने छ ।
बहुराष्ट्रिय ब्रान्डेड कम्पनीका आयातकर्ता र वितरकहरूको संगठन आईसीटी एसोसिएसनको मेलामा समेत तिनै ब्रान्डेड सामग्री हुने छन् । जसमा तिनका उत्पादनको पछिल्लो संस्करण (पुस्ता) को आफूले छामेर अनुभव लिन सक्नुहुने छ ।
मेलामा अधिकांश सामग्री वायरलेस प्रविधिमा आधारित हुने एसोसिएसनका अध्यक्ष शिशिर उपाध्याय बताउँछन् । मेलामा विभिन्न कम्पनीले वायरलेस पि्रन्टर सार्बजनिक गर्दै छन् । मेलामा राखिने ब्रदरका अधिकांश पि्रन्टर वायरलेस हुने इलाइभ स्टोरका नेत्र गुरागाइ बताउँछन् । माउस, किबोर्डलगायत वायरलेस डिभाइस अधिकांश कम्पनीले प्रदर्शनीमा राख्ने छन् ।
कति पुराना ल्यापटप र डेस्कटप चलाउनु ? नयाँ बनाउने रहर छ ? आईसीटी इलेक्ट्रोनिक ब्रान्डिङ एक्सपोमा पहिलो पटक पुराना ल्यापटप र पीसीका सामान्य स्त्रिmनलाई टच स्क्रिन बनाउने प्रविधि भित्रिएको छ । सफ्टवेयर र हार्डवेयर दुवै प्रयोग गरेर पुराना सामान्य स्त्रिmन सजिलै टच गरेर चलाउन सकिने भएको छ । यो प्रविधि १९ इन्चका स्त्रिmनसम्म प्रयोग गर्न सकिने छ । आईसीटी मेलाभर यसको प्रदर्शनी हुने छ । करिब ७ हजार खर्च गर्दा परिवर्तन गर्न सकिने यो प्रविधि ग्राहकको मागअनुसार उपलब्ध गराउने आयोजकको तयारी छ ।
स्कुल, कलेज, सभा सम्मेलन र कार्यक्रमलाई लक्षित गरेर पि|mक्वेन्सीमा आधारित माइक पनि आईसीटी मेलाबाटै सार्वजनिक हुँदै छ । सामान्य ब्याट्रीबाट चल्ने यो माइक बोक्न सजिलो छ । एफएम सुन्न र भिडियो हेर्न पनि सकिने यो उपकरण एउटै हातले सजिलै बोक्न सकिन्छ । आवाज भने ठूलो माइकले दिनै जत्तिकै छ । लोडसेडिङको समयमा पनि सजिलै कार्यक्रम आयोजना गर्न सकिने यस्तो माइकको मूल्य ६ देखि ७ हजारको बीचमा रहने अनुमान आयोजकको छ ।
हातले भित्तामा छोएर चलाउन सकिने प्रोजेक्टर पनि मेलामा सार्वजनिक हुँदै छ । बजारमा रहेका अन्य इन्टरेक्टिभ प्रोजेक्टरको तुलनामा ज्यादै प्रतिस्पर्धी मूल्यसहित यो आउन लागेको हो । विद्यालय वा अन्य कार्यालयलाई लक्षित गरेर मेलामा यसलाई राखिने भएको छ ।
सवारी साधान जहाँ भए पनि आफैं निगरानी गर्न सकिने प्रविधि पनि मेलामा हुने छ । यो प्रविधिले ग्लोबल पोजिसनिङ सिस्टम (जीपीएस) को प्रयोग गरेर सवारी साधन रहेको स्थानबारे जानकारी दिने छ । सवारी तोकिएभन्दा अन्य स्थानमा गए वा चोरी हुन खोजे त्यसलाई बन्द गर्न सक्ने खुबी यो प्रविधिमा छ ।
यस्तै मेलामा विभिन्न कम्पनीले आफ्ना उत्पादनमा विशेष अफरसमेत ल्याउने छन् । सामसङ मोबाइलको आधिकारिक वितरक इन्टरनेसनल मार्केटिङ सर्भिसेज (आईएमएस) ले सामसङका ग्यालेक्सी वाई डियोस, च्याम्प नियो डियोस, स्टार थ्री डियोसलगायतमा एसएलसी दिएका विद्यार्थीलाई १५ प्रतिशत छुट उपलब्ध गराउने कार्यकारी अध्यक्ष दीपक मलहोत्राले जानकारी दिए । 'एसएलसी नतिजा प्रकाशित भएपछि डिस्टिङसन ल्याउनेले थप १० प्रतिशत फिर्ता र प्रथम श्रेणीमा उत्तीर्ण गर्नेले ५ प्रतिशत फिर्ता पाउने छन्,' उनले भने । कम्पनीले ग्यालेक्सी एसथ्री किन्दा १२ हजार पर्ने क्यामेरा उपहारका रूपमा दिइने उनले जानकारी दिए । 'अन्य मोबाइलमा समेत विशेष छुटको व्यवस्था छ,' उनले भने ।  
मोटिफ इन्जिनियरिङले मेलामा आफ्नै मोटिफ ब्रान्डको मोबाइल लन्च गर्दै छ । कम्पनीका प्रबन्ध निर्देशक सुरेन्द्र मानन्धरका अनुसार यसका इयोन, हिरो, अल्टिमेटलगायत मोडलका मोबाइल आउने छन् । यसको इयोन एन्ड्रोइड ओएसयुक्त डुएल सिम लाग्ने मोबाइल हो । कम्पनीले ट्याब्लेट, एभीजी एन्टिभाइरससमेत मेलामा राख्ने छ । 'हामी मेलामा सबै उत्पादन १५ प्रतिशत छुटमा उपलब्ध गराउँछौं,' मानन्धरले भने ।
मेलामा नियोटेरिकले डेलका ल्यापटपमा स्क्रयाच अफर ल्याएको पवन प्रधानले जानकारी दिए । हात खाली नजाने उपहार योजनामा ग्राहकले नोकियाको लुमिया सिरिजका स्मार्टफोन, सामसङको एलसीडी टीभी, टाइमेक्स घडी, लजिटेकका स्पिकरलगायत उपहार राखिएको उनले बताए ।
ह्युमन क्लिक इन्टरप्राइजेजले मल्टिमिडिया प्रोजेक्टर इन्फोकस लन्च गर्दै छ । कम्पनीका प्रबन्ध निर्देशक रोशन भण्डारीले मेलामा किन्नेलाई प्रोजेक्टरमा २ वर्षको वारेन्टी दिइने बताए । कम्पनीले मेलामा तोसिवा, एचपी र डेलका ल्यापटपमा ३ देखि ५ प्रतिशत छुट दिने उनले जानकारी दिए ।
मेलामा डेलको विक्रेता जेनरेसन नेक्स्टले विभिन्न ल्यापटपमा छुटको व्यवस्था गरेको छ । कम्पनीले अल्ट्रा थिन ल्यापटप पनि मेलामा ल्याउने छ । एलाइड ट्रेड लिंकले कार्बन मोबाइलको खरिदमा ८ जीबीको मेमोरी कार्ड पाउने छन् ।
इलाइभ स्टोरले ब्रदरका पि्रन्टर, क्यास्परेस्की एन्टिभाइरस, मित्सुविसीका प्रोजेक्टर, हसीका ल्यापटप र आफ्नै ब्रान्ड नमस्तेका माउस, किबोर्डलगायत डिभाइसमा विशेष योजनाहरू ल्याउने कम्पनीका गुरागाईले जानकारी दिए ।  
मेलाबारे जानकारी दिन एन लोकेट नामको मोबाइल एप्लिकेसन बनाइएको छ । एन्ड्रोइड, आईओएस, विन्डोजलगायत ओएस भएका स्मार्टफोनमा यो एप्स डाउनलोड गरेर सर्वसाधारणले मेलामा भएका स्टलहरू, तिनीहरूका उत्पादन, विक्रेताको सम्मर्क ठेगाना आदिबारे जानकारी पाउने छन् ।  
मेलामा पार्किङको व्यवस्थापनलाई पनि आईसीटीसँग जोडिएको छ । एसोसिएसनका अध्यक्ष उपाध्यायका अनुसार सवारी पार्किङ गर्न डिजिटल कार्डको व्यवस्था गरिएको छ । त्यसमा अगि्रम रिचार्ज गर्न सकिने छ । प्रतिपार्किङ १० रुपैयाँ तिर्नुपर्ने कार्ड देखाएपछि पार्किङको ढोका स्वचालित रूपमा खुल्ने छ । यस कार्डलाई अन्यत्रसमेत प्रयोगमा ल्याउन मिल्ने गरी तयारी गरिएको उपाध्यायले जानकारी दिए । कार्डलाई आवश्यकताअनुसार रिचार्ज गर्न सकिने छ ।
मेलामा ब्रेन डिजिट आइटी सोलुसनले वेभ पोर्टल 'रमाइलो मेला डट कम' सार्बजनिक गर्दैछ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत निश्चलमान प्रधानका अनुसार यस वेब पोर्टलमार्फत मेलामा सहभागी कम्पनीको प्रोफाइलदेखि प्रोडक्टको मूल्य, तस्बिरसमेत राखिने छ । 'मेलामा आउन चाहनेहरूले त्यहाँ रहेका उत्पादनबारे पहिल्यै जानकारी पाऊन् भनेर पोर्टल बनाएका हौं,' उनले भने, 'यसले अवलोकनकर्ताको समय  बचत गर्ने छ ।'
मेलाले यसपालि एसएलसी सकेकाहरूलाई लक्षित गरेको छ । 'एसएलसी दिनेलाई लक्षित गरेर यसपालि मेला  केही ढिला गरेका हौं,' एसोसिएसनका अध्यक्ष उपाध्यायले भने । उनका अनुसार यसपालिको एसएलसी दिएकालाई निःशुल्क पासको व्यवस्था छ । त्यो पासबाट उनीहरूले पाँचै दिन प्रवेश गर्न पाउने छन् । यस्तै मेलामा वाइफाई निःशुल्क उपलब्ध हुने छ । मेलामा ३ देखि ४ लाख दर्शकको अपेक्षा गरेको उनले बताए ।

No comments:

Post a Comment