Total Pageviews

Thursday, April 11, 2013

ससुरालाई बुबा बनाई नागरिकता लिने पक्राउ

nagrikta
रौतहट, चैत्र २९ - झुठो विवरण पेश गरी नागरिकता लिएको आरोपमा जिल्ला प्रहरी कार्यालय रौतहटले एक भारतीय नागरिकलाई पक्रेको छ । भारतको ढाका फुलवरियाका २५ वर्षीय जयरामप्रसाद गुप्तालाई बुधबार साँझ पक्राउ परेका हुन् ।
रौतहटको बन्जाराहा गाविस-६ का सोनफी साहलाई नक्कली बुबा बनाई गुप्ताले नागरिकता लिएको खुले पछि अनुसन्धानको लागी पक्राउ गरेको प्रहरी निरीक्षक ललन कुर्मीले बताए । साह गुप्ताका ससुरा हुन । आफ्नै ज्वाईलाई छोरा भनेर साहले नागरिकता लिन जिल्ला पश््रासन कार्यालय गौरमा पेश गरेको कागजमा सिफारिस गरेका छन ।
गुप्ताले आफ्नै ससुरालाई बुबा बनाई नागरिकता लिएको स्थानियको उजुरी पछि प्रहरीले भारतीय नागरिक गुप्तालाई पक्रेर अनुसन्धान गरेको हो । गुप्ताका ससुरा सोनफी भने फरार रहेको प्रहरीले जनाएको छ । सोनफीले ज्वाई गुप्तालाई छोरा बनाई झुठो विवरण पेश गरी २०६९ माघ २५ गते प्रशासन कार्यालयबाट ०१६९०७१२१ नम्बरको नागरिकता हात पार्न सफल भएका थिए । साहले छोरा नभए पछि ज्वाईलाई नक्कली छोरा बनाई नागरिकता दिलाएका हुन ।
भारतीय नागरिक गुप्तालाई नागरिकता बनाउन पेश भएको कागजमा गाविसले समेत सिफारीस दिएको प्रहरीले जनाएको छ ।

No comments:

Post a Comment