Total Pageviews

Tuesday, April 2, 2013

हिरोइनको बिहे हल्ला!


(नागरिक)- 'स्वर' र 'भिसागर्ल' जस्ता फिल्मकी अभिनेत्री रिमा विश्वकर्मा सोमबार बिहानै आश्चर्यमा परिन्। उनको बिहेको हल्ला एकाबिहानै फैलिएछ। उनको बिहेको खबर अरु कसैले नभई उनकै आमाले फैलाएकी थिइन्। उनलाई 
बधाई दिन केही आफन्त उनको घरमा पनि आए। 

आफन्तहरु घर आएपछि रिमाले थाहा पाइन्, आमाले अप्रिल फुल मनाएकी रहिछन्। 'ममीले मेरो बिहे हुँदैछ भनेर सानीआमालाई भन्नु भएछ। मैलेपनि ममीलाई राम भाइले केटी भगाएर लगेछ भन्दिएँ। ममी दिनभर तनावमा हुनुहुन्थ्यो,' उनले भनिन्। उनको भाइको मिल्ने साथी हुन्, राम। 
रिमा चार वर्ष बिहे नगर्ने सोचमा छिन्। 'अहिले करियरलाई ध्यान दिएरहेकोले बिहेको योजना छैन,' उनले प्रष्टाइन्। पछिल्लो समय केही मिडियामा अभिनेता विनय श्रेष्ठसँग आफ्नो अफेयर चलेको भन्ने हल्ला उनले झुठो भएको बताइन्।
'विनय र म साथी हौं। हामी 'रिदम' फिल्म हेर्न जाँदा सँगै देखिएपछि आएको हल्ला हो। विनय र ऋचाको जोडी नै राम्रो छ,' रिमाले भनिन्। हाल उनी सिजी इन्टरटेनमेन्टको आगामी प्रोजेक्टको तयारीमा व्यस्त छिन्। त्यसबाहेक म्युजिक भिडियोहरु समेत गरिरहेकी छिन्। 

No comments:

Post a Comment