Total Pageviews

Tuesday, April 2, 2013

निशा अधिकारी सगरमाथा चढ्ने

स्मृति ढुंगाना, काठमाडौं, चैत १६- अभिनेत्री निशा अधिकारी सर्वोच्च शिखर सगरमाथा चढ्ने भएकी छन्। बिहीबार राजधानीमा आयोजित एक कार्यक्रममा उनले सगरमाथाको शिखरमा राख्‍न नेपाली फिल्म उद्योगको लोगो र नाम माग गरिन्। 'नेपाली फिल्म क्षेत्रसम्बन्धी संघसंस्थाले मलाई उद्योगको लोगो र नामसहितको झण्डामात्र दिए हुन्छ,' उनले भनिन्, 'जसले गर्दा शिखरमा झण्डा गाड्न सक्छु।'

Nisha Adhikari
गत जेठमा उनले मनास्लु हिमालमा ४५ दिने हिमाल गाइट प्रशिक्षणसमेत लिएकी थिइन्। 'मैले रक क्लाइम्बिङ्, आइस क्याइम्बिङ्, अल्टिटूडसम्बन्धी प्रशिक्षण लिएको हुँदा सगरमाथा चढ्न सक्छु भन्ने लागेर जान तयार भएको हुँ,' उनले भनिन्। त्यसका लागि उनले विशेष प्रोटिनयुक्त खानालाई मात्र प्राथमिकता दिएकी छन्। 
झण्डै डेढ सयको समूहमा जान लागेकी उनलाई सेभेन समिट ट्रेकले लिएर जान लागेको हो। 'मैले १५ देखि १८ लाख खर्च गर्नुपर्ने भएकाले बाँकी सेभेन समिट ट्रेकले खर्च गरिदिँदैछ,' उनले भनिन्। उनी चैत २४ मा सगरमाथा शिखरतर्फ प्रस्थान गर्नेछन्। 'मैले १६ वर्षदेखि सगरमाथा चढ्छु भनेर सोचेको थिएँ। पैसाका कारण २०१४ का लागि कार्यक्रमसमेत सारेको थिए,' उनले भनिन्, 'एक्कासी सेभेन समिट ट्रेकले लान्छु भनेपछि जान तयार भए।' ५ हजार ४ सय मिटरसम्म हिँडिको उनीसँग अनुभव छ।
हत्तारमा सबै तयारी गर्नुपरेको उनले बताइन्। 'यही कार्यक्रमले कुनै फिल्म लिएको छैन्। पछि केही पनि हुनसक्छ।' 'रिक्स छ भन्दैमा काम नगर्ने भन्ने हुन्न्। अभिनयबाहेकका फिल्मसम्बन्धी केही गर्ने सोच राखेकी छु,' उनले भनिन्।
उनीद्धारा अभिनित 'मिसन रिलोडेड' रिलिज हुने तयारीमा छ। सगरमाथा चढ्ने योजनामा परिवारले समेत साथ दिएको उनले बताए पनि परिवारका कोही सदस्य कार्यक्रममा उपस्थित थिएनन्।
६० दिने प्याकेजमा जेठको पहिलो सातासम्ममा उनले सगरमाथा चढिसक्ने सेभेन समिट ट्रेकका टासी शेर्पाले बताए। 'लुक्ला पुगेपछि ८ दिन हिँड्नुपर्छ। यसले गर्दा वातावरणसँग घुलमिल हुने अवसर मिल्छ,' उनले भने, 'त्यसपछि एक महिनासम्म प्रशिक्षण दिन्छौं।' उनले अन्तमा मौसमले साथ दिए र हिउँ नपरे हिमाल चढ्न सम्भव हुने बताए। उनका अनुसार सगरमाथा चढ्न २५ लाख खर्च लाग्छ। अभिनेत्रीलाई लिएर जानु हाम्रो लागि पनि ठूलो कुरा भएको शेर्पाले बताए। अभिनेत्री निशाले अभिनेता अर्जुन कार्कीको टोलीलाई भेट्ने छन्। सगरमाथा चढ्ने क्रममा अर्जुन हालः लुक्ला पुगिसकेका छन्।
नेपाल कलाकार संघले आयोजना गरेका अन्तरक्रियामा फिल्मसम्बन्धी विभिन्न व्यक्तित्वले शुभकामना दिएका थिए। 'सम्पूर्ण फिल्म क्षेत्रका महिलाको प्रतिनिधित्व गरेर उनी जाँदैछिन्,' अभिनेत्री करिश्मा मान्नधरले भनिन्, 'यो हाम्रो लागि गर्वको कुरा हो।' उनले निशालाई शुभकामना दिँदै भगवान गणेशको सानो मूर्तिसमेत दिइन्। कार्यक्रममा कलाकार बसुन्धरा भुषाल, राजेशपायल राई, अग्रज केसी, निलहरि काफ्ले, रमेश बुढाथोकी र चत्यदेवी सिंह लगायतले शुभकामना दिएका थिए।

No comments:

Post a Comment